पहिलो भूकम्पको १ घण्टापछि सिन्धुपाल्चोकमै फेरि अर्को धक्का

डिसी नेपाल
३१ भदौ २०७७ ९:०७

काठमाडौं। सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर ६ म्याग्नेच्युडको भूकम्प गएको करिब १ घण्टापछि पुनः त्यहाँ अर्को धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर १० मिनेटमा राम्चे नै केन्द्रविन्दू रहेको परकम्पको धक्का महसुस गरिएको हो ।

यसअघि सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर बिहान ५ बजेर २० मिनेटमा ६ रेक्टरस्केलको भूकम्प रेकर्ड गरिएको थियो । यो धक्कापछि स्थानीय त्रसित छन् । केही क्षति भएको विवरण आए पनि पूर्ण विवरण आउन बाँकी छ । सिन्धुपाल्चोकमा रातिदेखि निरन्तर वर्षा भइरहेकोले पनि त्रसित स्थानीयको व्यवस्थापनमा कठिनाइ भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *