निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले व्यवसायीसँग छलफल गर्ने
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकका प्रमुख निर्यातजन्य उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका क्रममा देखिएका समस्या, चुनौती, आवश्यक नीतिगत सुधार तथा समाधानका सम्भावित उपायबारे व्यवसायीहरूसँग छलफल गर्नेछन्।
पछिल्लो समय प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा सम्बन्धित सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन्। निर्यात विस्तार, लगानी प्रवर्द्धन र उद्योग व्यवसायमैत्री वातावरण निर्माणका विषयमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने नीति लिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment