हाम्रो संविधानले सफलता प्राप्त गरेको छ : प्रधानमन्त्री ओली (भिडियाे)

डिसी नेपाल
२ असोज २०७७ १६:३४

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधानमा केही विषय अपूर्ण देखिए त्यसलाई परिवर्तन गर्न र अगाडि बढाउन संशोधन गर्न सकिने बताएका हुन्।

साे कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएमा मन्तव्यकाे संपादिश अंश :

नेपालको संविधान लामो बलिदानपूर्ण संघर्षपछि ५ वर्ष अघि प्राप्त भएको थियो। त्यो प्राप्ति जनताले आफैंले संविधान बनाउने जिम्मेवारी भिरेर निर्वाचित गरी पठाएका प्रतिनिधिबाट तयार भएर प्रतिनिधिसभाले जारी गरेको हो।

संविधान जारी भएको ५ वर्ष पूरा भएको अवसरमा संविधानको बारेमा यो महत्वपूर्ण पुस्तक प्रकासित भयो। म खुसी व्यक्त गर्न चाहन्छु। यस काममा स्वस्फूर्त रुपमा लाग्नु भएका साथीहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।

यो निजी काम होइन, यो राष्ट्रिय काम हो। यसले निजी लाभ भन्दा राष्टिय लाभ दिन्छ। यस काममा लाग्नु साह्रै महत्वको कुरा हो भन्ने मलाइ लाग्छ। र, यसमा योगदान पुर्याउने सम्पूर्ण टिमलाई, देशका लागि योगदान गरेको सम्झेर देशको तर्फबाट, सरकारको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट शुभकामना भन्न चाहन्छ। समय अनुसार कतिपय विषयहरु विकसित भइनसकेका होलान्।

अवधारणका पक्षहरु विकसित नभएका होलान्, कतिपय हुँदै होलान्। पछि समय र मानवीय समबेदना परिवर्तनको क्रममा समाज विकासको क्रममा केही कुराहरु अनुपयुक्त पनि होलान्। कतिपयलाई परिवर्तन गर्नु पर्ला कतिपयलाई विस्तपित गर्नु पर्ला। कति नयाँ कुरालाई स्थापित पनि गर्नु पर्ने होला।

हाम्रो थितिसँग यो ‘स्टाच्यूट’ हो। यसको चाहे जयस्थिति मल्लले ल्याएको थिति सम्बन्धी प्रवन्ध होस वा यस्ता थुप्रै ‘स्टायच्यूट’ छन् जो ऐतिहासिक काल देखिनै छन् र लगभग भन्ने हो अहिले हामी जुन संविधानको कुरा गरिरहेका छौं, यो ५ वर्ष अगाडि संविधानसभाबाट जारी भएको हो। यसभन्दा पहिलाका संविधानहरु मुलतः ती संविधानहरु पनि हामीले संवैधानिक इतिहास भनेका छौं।

हामीलाई त्यसबेलाको सामाजिक प्रवन्ध, त्यसबेलाका राजनीतिक प्रणाली, त्यसबेलाको थिति, ती कुराहरुले आफ्नो ढंगले ऐतिहासिक अध्यायन सामाग्रीका रुपमा पनि लिएका छौं र त्यसबेलाको समाजलाई थितिमा राख्ने काम पनि गरेको छ।

तर पनि अघिल्ला संविधानहरु हाम्रो देशमा मात्र होइन, धेरै देशका संविधानहरु सामाजिक सुप्रर्वधन गरेका छन्। धेरैदेशका संविधानहरु सामाजिक तत्कालीन चेतना अनुसार विकासको स्तर अनुसार सुरु हुन्। अहिलेको संविधान २०७२ साल असोज ३ गते संविधान सभामार्फत जारी भयो।

यो संविधानले सामाजिक प्रवन्ध वा राष्ट्रिय प्रवन्ध राजनीतिक थिति वा राजनीतिक अधिकारसँग मात्र सम्बन्ध नभएर सामाजिक प्रवन्धसँग पनि सम्बन्धित छ। त्यो सामाजिक प्रवन्ध भनेको जनताको जीवनसँग सम्वन्धित हुनुपर्दछ र त्यसले जनताको जीवनलाई अधिकार सम्पन्न बनाउने जहाँ सम्पूर्ण जनता अधिकार सम्पन्न हुन्छन्, उनीहरुको अधिकारसम्म पुग्ने अवसरका रुपमा परिणत होस्। अवसरका अधिकारहरु त्योसँग रहुन्।

हामी अधिकार मात्र भन्छौं अवसरको पनि प्रश्न उठछ। सैद्धान्तिक तरिकाले मात्र जनता अधिकार सम्पन्न हुन सक्दैनन्। व्यवहारिक अवसरले पनि उपलब्ध गराउनु पर्छ। मानव जाति भनेको मानव जाति हो ठूलो र सानो हुँदैन।

यो शासन गर्ने अधिकार राख्ने, यो कुल ठूलो यो घराना ठूलो यो जन्मिदै नाति यूवराज जन्मिने, राजकुमार जम्निने, सानोमा जन्मिने यो खालको परिपाटी अनेक प्रकारका भ्रामक कुराहरु जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त जो शाशकदेखि जनतासम्म पनि यो जात ठूलो यो सानो आदि जस्ता कुराहरु कायम छन्।

प्रष्टरुपमा आजको २१औं सताब्दीको विज्ञानको उचाईँको वैज्ञानिक अवधारणाको उचाईँको सामाजिक न्याय र समान्ताका अवधारणका उचाईँको र समाजको प्रवन्धमात्र होइन, त्यो समानताका लागि समान अवसरका लागि विकासका लागि विकासका प्रतिफल नपुगेकोमा अधिकार पुग्नुपर्छ। पहुँच पुग्नु पर्छ, विकासमा एकथरीको पहुँच पुग्ने अर्को थरीको नपुग्ने। यसप्रकारका कुराहरु नभएर सामाजिक न्याय र समानताको सहि अभ्यार र यी कुराहरुको प्रत्याभूति गर्न हाम्रो संविधान हुनु पर्छ।

आजको संविधान जनताले चाहेको संविधान हो। जनताको संविधानले मैले माथि उल्लेखित गरेका कुराहरु हाम्रो संविधानले प्रयात्भूति गर्दछ। विकासका निम्ति समर्पित, इतिहासको कदर गर्ने खालको वर्तमान समस्यालाई पहिचान गर्दै समाधान गर्दै जाने खालको र भविष्यलाई सुन्दर बनाउने परिकल्पना गर्ने संविधान हुने पर्छ।

त्यसकारण मेरो विचारमा अहिलेको हाम्रो संविधानले सफलता प्राप्त गरेको छ। त्यसकारण यसले जनताका खासगरी जैविक प्रवृति नै हुन सुरक्षा पहिलो प्रश्न हो। जसमा हामी हावा पानी भोजनका कुरा गर्छौं त्यो भन्दा पहिलो हाम्रो सुरक्षा हुनुपर्छ। नागरिकाको सुरक्षित हुन पाउने अधिकारको हाम्रो संविधानले राम्रो सँग सम्बोधन गरेको छ।

हाम्रो जस्तो आजसम्मको विषम समाज असमान त्यो असमानताले गर्दा अकारण अपहेलित हुन सक्ने परिस्थितिलाई सम्मान जनक जिन्दगी, भयरहित जिन्दगी, त्रासरहित जिन्दगी, अधिकार खोसिएलान की जीवनको सुरक्षा नहोला कि आफ्नो अधिकार भित्रको कुनै चिज खोसिएलाकी भन्ने जस्ता असुरक्षाको भाव हाम्रो संविधानमा छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *