बहुप्राविधिक शिक्षालयका लागि डिपिआर तयार

डिसी नेपाल
९ असोज २०७७ १७:५७

रुकुमपूर्व । भूमे गाउँपालिका –१ लुकुमस्थित सिद्धचौर माध्यमिक विद्यालयमा बन्न लागेको बहुप्राविधिक शिक्षालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । जिल्लामा बन्न लागेको प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालयको डिपिआर तयार भएको हो । प्राविधिक शिक्षालयको डिपिआरसँगै माटो जाँचको काम पनि सम्पन्न भएको छ ।

प्रदेश सरकारले डिपिआरका लागि रु दश लाख बजेट छुट्याएको थियो । डिपिआरको काम सम्पन्न भएसँगै बोलपत्र आह्वान गरेर शिक्षालय निर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए । काम शुरु गर्नका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्याएको छ ।

शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । रुकुम(पूर्व), रुकुम(पश्चिम), रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई ध्यानमा राखेर लुकुममा उक्त शिक्षालय स्थापना गर्न लागिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *