देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला

डिसी नेपाल
१२ साउन २०८३ २१:२१

भद्रपुर (झापा)। यहाँको बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलाको पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज साँझ करिब ६ बजे बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको देउनिया पुलमुनि शव फेला परेको हो।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *