सामाजिक सुरक्षा भत्ता कटौती गरिएकोमा राष्ट्रिय अपांग महासंघको आपत्ति
काठमाडौं। सरकारले अपंगता भएकाहरुलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ। सोमबार भर्चअुल पत्रकार सम्मेलन गरेर महासंघले अपांगता भएकाहरुलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेको छ।
महासंघले भत्ता कटौती गर्ने निर्णय फिर्ता नभए आन्दोलनसम्म गर्ने चेतावनी दिएको छ। पत्रकार सम्मेलनमा महासंघका महासचिब राजु बस्नेतले शुरुमा सरकारको सो निर्णय फिर्ता गराउन पहल गरिने त्यतिले नभए चरणवद्ध आन्दोलन गर्ने जनाए।
उनले महिला बालबालिका तथा समाज कल्याण्डामन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने, गृह मन्त्रीसँग पनि भेटेर कुरा गरिने बताए। यस्तै प्रतिनिधिसभाको महिला बालबालिका समितिका सभापतिलाई पनि भेटेर आफ्ना कुरा राखिने बताए। उनले सामाजिक सञ्जालमार्फत पनि सरकारलाई सो निर्णय फिर्ता गराउन दबाबका लागि अभियान चलाइने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment