‘कोरोना संक्रमितलाई समाजले अपराधी जस्तो व्यवहार गर्दोरहेछ’

कर्णाली सरकारले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएकी थिएँ। कार्यक्रममा सहभागी मध्ये केहीलाई कोरोना संक्रमण पुष्टि भयो भन्ने कुरा सुनें। म पनि कन्टयाक्ट ट्रेसिङमा परेँ।

कर्णली सरकारले कोरोनाको महामारीमा मिडियाको भूमिका के हो? जस्ता विषयमा छलफल भएको थियो। ३ जना साथीहरुलाई कोरोना पोजेटिभ देखिएपछि म पनि कन्ट्याक्ट ट्रेसिङमा परेका कारण चेकअप गराउन गएँ।

साथीहरुले चेकअप गराउन नजाउँँ भन्ने कुरा पनि भयो। तर, म गएँ। म रिपोर्ट नेगेटिभ आउनेमा ढुक्क थिएँ। स्वाब दिएपछि पनि कतै नजानुहोला भन्नु भएको थियो । तर, म त्योबीचमा अफिस पनि गएँ। म आफूलाई नेगेटिभ आउँछ भन्नेमा ढुक्क थिएँ। लक्षणहरु केही नभएकाले पोजेटिभ आउँछ भन्ने लागेकै थिएन। त्यसैले पनि म अफिस जाने गरेँ।

मलाइ पोजेटिभ आयो भन्ने खबर पाएँ। अस्पतालले नै फोन गर्दो रहेछ। मलाइ तनाब भयो। मेरो १ वर्षको नानी छिन्। बच्चा सानै भएकाले पनि मलाइ पोजेटिभ छ भनेको सुनेपछि झन् तनाव भयो।

तै पनि आत्मबलका साथ घरमै आइसोलेसन बनाएँ। बाहिर पनि नजाने र बाहिरको मान्छे पनि घरमा नआउने गरियो। पछि अफिसका साथीहरु, घरमा भएका बाबुहरुलाई चेकअप गरियो। सबैको नेगेटिभ आयो। अरु सबैको नेगेटिभ आएपछि बल्ल अलि हौसला मिल्यो।

मैले सार्वजनिकरुपमा फेसबुकमा राखेँ। म सार्वजनिक व्यक्तित्व भएका कारण मैले सचेतना फैलाउनु पर्छ भन्नेपनि लाग्यो। मलाइ कतिपयले चेकअप नै नगराउनुहोस् भन्दै हुनुहुथ्यो। हाम्रो समाजमा कोरोना संक्रमित भएको व्यक्तिहरुलाई सामाजिक अपराधीकै तरिकाले हेर्ने गरिन्छ।

समाजमा धेरै थरीका मान्छेहरु बस्छन्। कतिपयले कोरोना नबुझेका पनि छन्। कतिपयलाई कोरोना हाउँगुजी पनि भएको छ। तर, जो पढेलेखेका छन्। जसले कोरोनाको बारेमा राम्रोसँग बुझेका छन्। उनीहरुले पनि समाजमा कोरोनाको बारेमा नकारात्मक भ्रम छर्दै हिडेको देख्दा पो दिक्क लाग्छ।

त्यसकारण पनि मलाइ चेकअप नगराउन र संक्रमित भएपनि नभन्न भनिएको थियो। तर, मैले त्यो अज्ञानताको विरुद्ध लड्नु पर्छ भन्ने लाग्यो। म घरको छतमा जाने बस्ने, घरमा पनि सबै सँगै खाने गर्यौं। दुरी बनाएर बस्ने कुरा गर्ने पनि गरियो। यसो गर्दा कोरोना सर्दैन भन्ने पार्नु थियो।

छिमेकिको कुरा त के गरौं। मेरो छोरी र सर (श्रीमान) बाहिर निस्किदा मान्छेहरुले बाटो काट्ने गरेँ। घर भित्र भएकाहरु बाहिर ननिस्किने, बाहिर भएकाहरु घरभित्र पस्ने जस्ता व्यवहार गरे। कतिपयले त तपाईँ यसरी किन बाहिर डुलीराकोसम्म भन्न भ्याएछन्।

सरले पनि त्यसको प्रतिकार गर्नु भयो। मलाइ लागेको हो र कोरोना? कोरोना लागेको मान्छे आइसोलेसनमा बसेको छ भन्ने गर्नु भएछ। यसरी प्रतिबाद नगर्दा समाजका मान्छेले त कोरोना एक जनालाई भयो भने परिवारलाई नै छुई छुतो गर्न थाले।

समाजमा धेरै थरीका मान्छेहरु बस्छन्। कतिपयले कोरोना नबुझेका पनि छन्। कतिपयलाई कोरोना हाउँगुजी पनि भएको छ। तर, जो पढेलेखेका छन्। जसले कोरोनाको बारेमा राम्रोसँग बुझेका छन्। उनीहरुले पनि समाजमा कोरोनाको बारेमा नकारात्मक भ्रम छर्दै हिडेको देख्दा पो दिक्क लाग्छ त। म घरको छतमा जाँदा पनि किन छतमा आएको होला? घर भित्र किन नबसेको होला? जस्ता व्यवहार गर्नु भयो।

छिमेकी र साथीभाइहरुले यस्तो बेलामा कस्तो छ? भनेर सोधेमात्र पनि आधा रोग निको भएको अनुभव हुन्छ। अहिले के कस्ता लक्षणहरु छन्। केही औषधि खानु भयो कि? यसरी सोधपुछ गर्दा त के नै हुन्छ होला र?

मानिसहरु त कोरोना संक्रमित भएका व्यक्तिहरुसँग बोल्यो भने पनि कोरोना सर्ला झैं गर्छन्। हामी समाजका अगुवाहरुले त कोरोनाको बारेमा सचेतना फैलाउन सकेका छैनौं भने दूरदराजका जनतामा कोरोनाको कति डर होला।

मैले आफूले अनुभव गरेको कुरा त के हो भने स्थानीय निकाय, टोलविकास समितिले कोरोनाको बारेमा सचेतना फैलाउनु पर्छ। बोल्दैमा कोरोना सर्दैन, अरु विमारी भएका बेला झैं कोरोना हुँदा पनि साथीभाइ, आफन्त छिमेकीले के छ कस्तो छ भनेर सोध्नु पर्छ,  भन्ने जस्ता कुराहरुमा भर्चुअल भएपनि फिजिकल भएपनि सचेतना फैलाउन जरुरी छ। यदि यसो नभएको अवस्थामा कोरोना संक्रमण भन्दा पनि समाजले गर्ने व्यवहार र आत्मग्लानीबाट धेरैले ज्यान गुमाउनु पर्छ जस्तो लाग्छ।

खानेकुरामा मैले सामान्य औषधि पनि खाएकी थिएँ। सुरु सुरुमा पछि एउटा भर्चुअल काउन्सेलिङमा बस्दा उहाँहरुले सम्झाउनु भयो र मैले औषधि छोडेँ। व्यायाम गर्ने, झोलिलो खानेकुरा खाने जस्ता काम गरियो। विषेश गरी बेसार पानी, गुर्जोको झोल, अदुवा, टिमुर आदि जडिबुटीको झोल बनाएर खाएँ।

मलाइ केही कुरामा गाह्रो भएन। लक्षण पहिला केही पनि थिएन। पछि पोजेटिभ छ भन्ने सुनेपछि कता कता दुखेजस्तो, श्वास प्रश्वासमा समस्या भएजस्तो अनुभव गरियो। सायद त्यो पोेटिभ छ भन्ने कुरा थाहा भएपछिको एन्जाइटी पनि हुन सक्छ।

बिष्टसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो