गाउँपालिका कार्यालय सिल
डोटी । जिल्लाकै पहिलो कोरोना मुक्त बडिकेदार गाउँपालिकामा पुनः कोरोना सङ्क्रमित देखिएको छ । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गाउँपालिका कार्यालय सिल गरिएको छ । योसँगै पालिकाबाट प्रदान गरिँदै आएका सम्पूर्ण कामकाज बन्द गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा उच्च सर्तकता अपनाउँदै एक साताका लागि सिल गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर धामीले बताए ।
सो गाउँपालिकामा यही असोज ११ र १२ गते संकास्पद ४० जनाको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरी जाँचका लागि सेती प्रादेशीक अस्पतालको ल्याबमा पठाएकोमा त्यहाँबाट प्राप्त नतिजाअनुसार गाउँपालिकामा कार्यरत एकजना कर्मचारीसहित अन्य तीन जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
गाउँपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना सङ्क्रमण भएपछि पिसिआर परीक्षण गर्न बाँकी सबै कर्मचारीहरुको परीक्षण गरिने पालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । कोरोना सङ्क्रमण भएका कर्मचारीसहित अन्य तीन जना आइसोलेसनमा छन् । सो गाउँपालिकामा गएको वैशाखमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको र सबै निको भएपछि कोरोना मुक्त गाउँपालिका घोषणा गरिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment