बियर खान मन लागेपछि क्वारेन्टाइनबाट भाग्ने व्यक्तिलाई साढे ७ लाख जरिवाना
काठमाडौं। मदिराको लतले मानिसलाई जे पनि गराउन सक्छ । यसको एउटा नमूना बेलायतमा देखिएको छ । यहाँ कोरोनाभाइरस संक्रमणका कारण क्वारेन्टाइनमा बसिरहेका एक व्यक्तिलाई यतिसम्म बियर खान मन लाग्यो कि उनी क्वारेन्टाइन तोडेर भागेर बार पुगे । तर, बारमा उनी पुलिसको फन्दामा परे । सेल्फ आइसोलेसनको नियम तोडेको अभियोगमा अदालत पेश गरिएका उनलाई अदालतले ५ हजार पाउण्ड (७ लाख ६० हजार नेपाली रुपैयाँ) जरिवाना तिराउने फैसला गरेको छ ।
द सनको रिपोर्टअनुसार हेनरी जोन म्याकर्थी नामका ती व्यक्ति अवकाशप्राप्त पेन्सनर हुन् । उनलाई २ हप्तासम्म आइसोलेसनमा बस्न आदेश दिइएको थियो किनकि उनीमा कोरोनाका केही लक्षण पाइएका थिए । आइसोलेसन सेन्टरबाट बाहिर निस्किएर बार पुगेका उनी पक्राउ परेका हुन् । उनी आइसोलेसन सेन्टरबाट भागेपछि पुलिसले खोज्दै जाँदा उनी एउटा बारमा फेला परेका थिए । उनले पुलिसलाई आफू एक घण्टादेखि बारमा भएको र आइसोलेसन सेन्टरमा एक्लै भएपछि त्यहाँ गएको बताएका थिए । उनले आफ्नो अपराध स्वीकार गरेका छन् ।







डिसी नेपाल








Facebook Comment