भारतका केन्द्रीय मन्त्री पासवानको निधन
काठमाडौं। भारतका केन्द्री मन्त्री रामविलास पासवानको बिहीबार साँझ निधन भएको छ। उनका छोरा चिराग पासवानले आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन्। पासवान भारतका ठूला दलित नेता मानिन्थे। उनको दल एलजेपी भाजपाको एक सहयोगी दल हो। बिहारमा जनाधार रहेको एलजेपीको नेतृत्व हाल रामविलासका छोरा चिरागले गरिरहेका छन्।
रामविलासको हालै दिल्लीस्थित एक अस्पतालमा ब्रेन सर्जरी गरिएको थियो। रामविलास पछिल्ला दिनहरुमा स्वस्थ नभएपछि चिरागलाई पार्टीको नेतृत्व दिइएको थियो।
पापा….अब आप इस दुनिया में नहीं हैं लेकिन मुझे पता है आप जहां भी हैं हमेशा मेरे साथ हैं।
Miss you Papa… pic.twitter.com/Qc9wF6Jl6Z— युवा बिहारी चिराग पासवान (@iChiragPaswan) October 8, 2020
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment