भारतका केन्द्रीय मन्त्री पासवानको निधन

डिसी नेपाल
२२ असोज २०७७ २१:२७
788
Shares

काठमाडौं। भारतका केन्द्री मन्त्री रामविलास पासवानको बिहीबार साँझ निधन भएको छ। उनका छोरा चिराग पासवानले आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन्। पासवान भारतका ठूला दलित नेता मानिन्थे। उनको दल एलजेपी भाजपाको एक सहयोगी दल हो। बिहारमा जनाधार रहेको एलजेपीको नेतृत्व हाल रामविलासका छोरा चिरागले गरिरहेका छन्।

रामविलासको हालै दिल्लीस्थित एक अस्पतालमा ब्रेन सर्जरी गरिएको थियो। रामविलास पछिल्ला दिनहरुमा स्वस्थ नभएपछि चिरागलाई पार्टीको नेतृत्व दिइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *