थप २ हजार ७१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

डिसी नेपाल
२५ असोज २०७७ १६:२७

काठमाडौं । आइतबार देशभर २ हजार ७१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ७१ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ।

हालसम्म ७५ हजार ८०४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ५५२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ४१६ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार १४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। गत २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ६१३ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *