दीपिकाले फेयरनेस क्रिमको विज्ञापन नगर्ने, पहिले गरेकोमा पछुतो

डिसी नेपाल
२७ असोज २०७७ १३:२२
156
Shares

काठमाडौं। केही समयअघि कैयौं अभिनेता र अभिनेत्रीहरुले फेयरनेस क्रिम ब्राण्डको विज्ञापन गरेर रंगभेदलाई बढावा दिएको भन्दै उनीहरुको तीब्र आलोचना भएको थियो । यसरी आलोचनाको शिकार भएकाहरुले विगतमा गरेका यस्ता घटनालाई गल्ती मान्दै पश्चात्ताप व्यक्त गरेका थिए । यीमध्येकी एक दीपिका पादुकोण पनि थिइन् ।

दीपिकाले केही समयअघि आफू यस प्रकारका विज्ञापनबाट टाढा भएको र विगतमा गरिएका यस्ता विज्ञापनप्रति पछुतो भएको बताएकी थिइन् । एक स्रोतले डिएनए इण्डियालाई बताएअनुसार दीपिकाले यस प्रकारका विज्ञापनहरु विगतमा गरेकोमा पछुतो मात्र गरिनन् उनले आफ्नो सम्झौतामा रहेका नयाँ ब्राण्डहरुसँग सम्झौता पनि तोडिन् । अब दीपिकाले यस प्रकारका विज्ञापन नगर्ने भएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.