पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया आज हुँदैछ।
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीको पित्तथैली शल्यक्रियाको मिति आजलाई तोकेको थियो। अहिले ओलीलाई अपरेसन थिएटरमा लगिएको उनको परिवारले जनाएको छ।
डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए। त्यसपछि उनी अस्पतालमै उपचाररत छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment