जम्मू कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा ४३४ दिनपछि नजरबन्दबाट रिहा

डिसी नेपाल
२७ असोज २०७७ २२:२७
96
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारत प्रशासित जम्मू कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपुल्स डेमोक्रेटिक पार्टीकी नेतृ महबूबा मुफ्ति मंगलबार नजरबन्दबाट रिहा भएकी छन्।

उनी ४३४ दिनको नजरबन्दपछि हिरा भएकी हुन्। गत वर्षको अगस्ट ५ मा जम्मू कश्मीरको विशेषाधिकार खारेज गर्नुअघि भारतको केन्द्र सरकारले जम्मू कश्मीरका नेताहरुलाई नजरबन्दमा राखेको थियो। मुफ्तिलाई सोही समयदेखि नजरबन्दमा राखिएको थियो।

भारतीय संविधानको धारा ३७० ले जम्मू कश्मीरलाई विशेष दर्जा दिएको थियो। तर, मोदी सरकारले सो धारा खारेज गरेर जम्मू कश्मीरलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरेको छ।

मंगलबार केन्द्र शासित जम्मू कश्मीर प्रशासनले मुफ्तिलाई रिहा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मुफ्ति रिहा भएपछि केहीदिन अघिमात्र नजरबन्दबाट रिहा भएका अर्का पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले उनको स्वागत गरेका छन्। उनले ट्वीटरमा स्वागत गर्दै उनलाई लामो समय नजरबन्दमा राख्नु लोकतन्त्र विरोधी काम भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.