हैदरावादमाथि चेन्नईको सहज जित

डिसी नेपाल
२७ असोज २०७७ २३:३९
172
Shares

काठमाडौं। यूएईमा जारी आईपीएलको मंगलबारको खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदरावादमाथि सहज जित हात पारेको छ। दुबई मैदानमा भएको खेलमा चेन्नईले २० रनको जित हात पारेको हो।

टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले ६ विकेटमा १६७ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको हैदरावादले ८ विकेटमा १४७ रनमात्र बनाउन सक्यो। हैदरावादका लागि केन विलियम्सनले शानदार अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। उनले ५७ रन बनाए पनि अन्य ब्याट्सम्यानको साथ पाउन सकेनन्।

जितपछि ८ खेलमा चेन्नई ३ जितसहित ६ अंक जोडेको छ। उता हैदरावादको पनि ८ खेलमा ३ जितसहित ६ अंक नै छ। रनरेटमा चेन्नईभन्दा हैदरावाद अगाडि छ।

चेन्नईले यो खेल जितेसँगै प्लेअफ दौड झन खुला भएको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको मुम्बई इण्डियन्स, दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरको समान १० १० अंक छ। चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्सको ८ अंक छ भने हैदरवाद ६ अंकका साथ पाँचौं र ६ अंक नै रहेको चेन्नई छैटौं स्थानमा छ। ६ अंक नै रहेको राजस्थान रोयल्स सातौं स्थानमा छ भने २ अंकमात्र रहेको पञ्जाव अन्तिममा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.