युएईमा रहेका सन्दीपलाई नेपालबाट बुबा आमाको सन्देश (भिडीयो सहित)

डिसी नेपाल
२८ असोज २०७७ १२:४३
2.0k
Shares

काठमाडौं । आईपीएल १३ औं सिजनका लागि युएईमा रहेको दिल्ली क्यापिटल्सलाई टोलीका चेयरम्यान तथा को–ओनरले सरप्राईज दिएका छन । चेन्नई सुपर किंग्स पछिको जितपछि दिल्लीका सम्पूर्ण खेलाडीहरुलाई एक मिटिङको लागि बोलाईयो । मिटिङका लागि टोलीका चेयरम्यान तथा को–ओनर पर्थ जिन्दाल अगाडि नै हलमा पुगेका थिए । उनले सबैलाई शुभकामना दिदै अन्तिम केही खेलहरुको भिडीयो भन्दै एक सरप्राईज भिडीयो प्रस्तुत गरे जुन भिडीयो खेलको नभएर सम्पूर्ण खेलाडी प्रशिक्षक तथा सदस्यहरुको परिवारको थियो । जाहा उनीहरुका परिवारले दिल्ली टोली तथा खेलाडीहरुलाई शुभकामना दिएका थिए । नेपालबाट पनि सन्दीप लामिछानेका बुबा आमाले राम्रो पदर्शन गरेर टोलीलाई जिताउनु र नेपालको नाम उच्च राख्नु भनेर शुभकामना दिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.