‘पैसा नहुनेहरूले काेराेनाका कारण ज्यान गुमाउनुकाे विकल्प छैन’

डिसी नेपाल
२ कार्तिक २०७७ ८:१५

आफूले अपनाउनु पर्ने सम्पूर्ण सावधानीहरु अपनाएकै थिएँ। सबै भन्दा पहिला मेरो गाडी चलाउने मित्रमा आयो। उहाँबाट म मा स-यो। र मबाट पुरै परिवारमा स-यो। आफूले मात्र सजगता अपनाएर नहुने रहे छ। राज्यव्यवस्था नै उदासिन भयो भने जनताले दुःख पाउँछन्।

यो रोग हो। रोग नलाग्न दिन हामीले सचेत हुनु आवश्यक हुन्छ। रोग लागिसकेपछि त्योसँग लड्नु पर्छ र लड्नका लागि आत्मबलको आवश्यकता पर्छ। मेरो अनुभवले त यो रोगको बारेमा फिजाएका भ्रमहरु सबै मिथ्या हुन झै लाग्यो। रोग हो अस्वीकार गर्न मिल्दैन। तर, जति यसका बारेमा फैलाइएको छ त्यो अलि बढि हो कि झैं लाग्यो।

केही कुराहरु त अलि बढी नै हुँदो रहे छ । शरीरको दुःख पीडा भन्नुहुन्छ भने उपल्लो हद मै हुने रहेछ। जिउको मसल दुख्ने, छाती दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने यी र यस्ता कुराहरु बजारमा आएको जस्तै सोचेको भन्दा बढी नै दुख्दो रहेछ।

मैले गरेको अनुभवमा सरकारले कोरोनाका संक्रमितहरुसँग कोडिनेसन राम्रोसँग नगरेको पाएँ। मैले चेकजाँच गराएर पोजेटिभ आएपछि कसैले पनि त्यति राम्रो रेस्पोन्स गरेनन्। ४ दिनपछि वडाले तपाईँलाई पोजेटिभ भएको थाहा भएन पछि हामी सिफारिस दिँदैनौ भनेर फोन गर्छ। म आफै विमारी मान्छे कसरी वडामा सिफारिस लिन जानु?

मलाइ लाग्छ सरकारको तथ्यांक पनि गलत छ। मैले उदाहरण दिन्छु सरकारले २ लाखलाई जाँच्यो भन्ने भयो। मैले त्यो बेलासम्ममा ४ पटक चेक गराइसकेको छु भने मेरो ४ पनि त्यसैमा काउण्ट भयो। २ लाख जाँच त गर्यो तर, २ लाख मान्छेलाई जाँच गरेन।

राज्यको उपस्थिति कहीँ पनि भएको पाइएन। सामान्यतः स्थानीय सरकारले एउटा किट बनाएर दिनु पर्ने। जसमा के कति पटक खाने, कसरी खाने भन्ने लेखेर कोरोना संक्रमितलाई पनि दिनु पर्ने हुन्छ नि। तर त्यस्तो केही पनि छैन। सरकारलाई त कोरोनाका विमारीहरु कति छन् भन्ने कुरा थाहै छैन भन्छु। मैले मेरो मात्र कुरा गरेको होइन।

अर्कोकुरा सरकारले बताएको मृतकको संख्या र नेपाली सेनाले दाहसंस्कार गरेको मृतकको संख्यामा पनि फरक पाइयो। त्यसबाट पनि कोरोनाको तथ्यांक सरकारले गलत दिएको छ भन्ने कुरा थाहा हुन्छ। पोजेटिभ र नेगेटिभको कुरा गर्नु भयो भने पनि मैले ४ पटक चेकअप गरेँ।

३ पटकसम्म पोजेटिभ आयो र १ पटक नेगेटिभ आयो भने म मान्छे १ तर मेरो पोजेटिभ कन्ट्रिव्यूसन ३ भयो। तर, नेगेटिभ कन्ट्रिव्यूसन १ भयो। अब भन्नुहोस २ वटा अरु पोजेटिभ कहिले नेगेटिभ हुने त? सरकारका यी र यस्ता तथ्यांकहरु गलत छन् भन्ने कुरा पनि सहजै भन्न सकिन्छ।

राज्यको उपस्थिति कहीँ पनि भएको पाइएन। सामान्यतः स्थानीय सरकारले एउटा किट बनाएर दिनु पर्ने। जसमा के कति पटक खाने, कसरी खाने भन्ने लेखेर कोरोना संक्रमितलाई पनि दिनु पर्ने हुन्छ नि। तर त्यस्तो केही पनि छैन। सरकारलाई त कोरोनाका विमारीहरु कति छन् भन्ने कुरा थाहै छैन भन्छु। मैले मेरो मात्र कुरा गरेको होइन। सरकारलाई कर राम्रै तिर्ने मान्छे हुँ।

मलाइ पनि वडाले के कस्तो छ? केही समस्या छ कि छैन कि भनेर सोधेन। अब मैले कसरी कल्पना गरौं कि जो सामान्य अवस्थामा छन् उनीहरुलाई स्थानीय सरकारले कोरोना संक्रमण मुक्त हुन सहयोग गर्छ। कोरोनाको विषयमा राज्य उदासिन भयो। राज्य उदासिन भयो भने जनताले जतिसुकै प्रयास गरे पनि नियन्त्रणमा राज्यलाई सहयोग भएको देखिँदैन।

मैले यहाँ अर्को महत्वपूर्ण कुरा के भन्छु भने सरकारले रिजेक्ट गरेको मेसिन र किट राखेर कुनै एउटा ल्याबले कोरोनाको परीक्षण गरिरहेको छ। नाम त लिन चाहन्न तर सरकारले रिजेक्ट गरेको किट र मेसिन लिएर २ हजारमा चेकजाँच गर्छ भन्दै धेरै ठूलो अर्गनाइजेसनका र धेरै मान्छेहरुले सोही ल्याबबाट चेकजाँच गरिरहेका छन्।

अब तपाईँ आफै भन्नुहोस त्यो किटबाट आएको रिजल्टलाई कसरी स्वीकार गर्ने। तर सरकारले गरेकै छ। कोरोना किटको मूल्य जेनेटिक परीक्षण गरिए अनुसार ५ सयदेखि ३ हजारसम्म हुने रहेछ। ५ सयको किट र ३ हजारको किटले दिने रेसपोन्स त एउटै हुँदैन। पैसा तिरेपछि आफूले रोजेको किटबाट चेकजाँच गर्न पाउने व्यवस्था पनि सरकारले गर्न सकेको छैन।

यहाँ त कस्तो भयो भने स्वास्थ्य मन्त्रालयको प्रवक्ताले उपचार गर्न सक्दैनौं आफै गर्नुहोस भन्ने। पर्यटन मन्त्रीले दिन सक्नेले पैसा दिएरै चेकजाँच गराउनु पर्छ भन्ने। उहाँले चेक जाँचको विल देखाउन सक्नु हुन्छ? उहाँहरुले राज्यको सम्पत्तीमा बर्मलुट गर्न पाउने। जो सामान्य अवस्थाका जनता छन् उनीहरु उपचार नपाएरै मर्नु पर्ने । यो सरकारको उदासिनताको पराकाष्टा भएन त?

आर्थिक रुपमा सम्पन्नले मात्र कोरोना जित्छन्। राज्यको उपस्थिति शून्य भएपछि पैसा नभएकाहरुले कोरोनाका कारण ज्यान गुमाउनुको विकल्प छैन।

सरकारले रिजेक्ट गरेको मेसिन र किट राखेर कुनै एउटा ल्याबले कोरोनाको परीक्षण गरिरहेको छ। नाम त लिन चाहन्न तर सरकारले रिजेक्ट गरेको किट र मेसिन लिएर २ हजारमा चेकजाँच गर्छ भन्दै धेरै ठूलो अर्गनाइजेसनका र धेरै मान्छेहरुले सोही ल्याबबाट चेकजाँच गरिरहेका छन्।

कोरोना सबैलाई सर्छ भन्ने कुरा पनि मैले विश्वास गरिन। मेरो घरमा भएका ७ जनामा ५ जनालाई कोरोना पोजेटिभ हुँदा २ जनालाई संक्रमण भएन। उनीहरुले नै हामीलाई कोरोनाको अवधिभर खाना खुवाए। पटक पटक हामीले चेकजाँच गर्यौं पोजेटिभ आएन।

यो बेलामा कोरोना संक्रमित भएका व्यक्तिहरुलाई गरिने सहयोग भनेको उनीहरुलाई के चाहिन्छ, आर्थिक अवस्था कस्तो छ? किनमेलको अवस्था कस्तो छ जस्ता विषयहरुमा ख्याल गर्नुपर्छ। कोरोना संक्रमित भएको घरबाट किनमेल गर्न गएपनि समाजले गर्ने व्यवहार फरक छ। त्यसैले त्यो परिवार भन्दा पनि साथीहरुले नै सहयोग गर्नुपर्छ।

तर व्यवहारमा त्यस्तो पाइएन। म आफू कानुन व्यवसायी भएका नाताले मैले न्यायालयमा वहस र पैरवी गर्दै आएको छु। म संक्रमित भएको बेला मेरो मैले वहश गर्ने दिन आयो। संक्रमित भएपछि मैले सामाजिक संजाल फेसबुकमार्फत मैले वहश गर्न नआउने जानकारी गराएँ।

म वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधीवक्ता भएको व्यक्तिलाई न्यायपालिकासँग जोडिएका व्यक्ति सकैले पनि फोन वा समाजिक संजालमार्फत सोधीखोजी गरेनन्।

हाम्रा बुद्धिजीबी कस्ता भने ब्रम्हानाल नजिक पुग्दा पनि जागिरको लागि निवेदन हाल्छन्। यिनले गर्ने केही होइनन्। जीवनको उत्तरार्धमा परिवारको व्यवस्था सुधार्ने मात्र हो। सर्पको मुखको भ्यागुतोले फट्यांग्रा खान मुख बाए जस्तो। यिनले लामो जीवनमा न्याय प्रशासनमा के दिए? पूरा न्यायपालिका यस्तो हुँदापनि राजनीतिज्ञहरु आफ्नो मान्छे भर्ना गर्न आतुर छन्।उता न्यायपालिका सुधार भनेर हल्ला गर्ने हल्ला गर्दैछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *