सिरोहिया पक्राउपछि अमेरिकी दूतावासले भन्यो- नेपाल सरकार र जनताले सार्थक संवाद गर्नेछन्

डिसी नेपाल
९ जेठ २०८१ १३:२५
4.0k
Shares

काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ।

बुधबार बिहान सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै अमेरिकी दूतावासले अझ परिपूर्ण मुलुकु बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता,जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको बताएको हो।

अमेरिकी दूतावासले भनेको छ,‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको विषयमा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरेर अहिले धनुषा लागिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *