राष्ट्रपति पौडेलद्वारा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ अवलोकन

डिसी नेपाल
२ कार्तिक २०८३ १७:३७

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडा दसैं अन्र्तगत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित फूलपाती बढाइँ समारोह २०८३ मा सरिक भए।

सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्।

सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको सो कार्यक्रममा नेपाली सेनाले विभिन्न सैनिक परेड र राइफलबाट लहरे, एकठठा र तोपबाट पनि बढाइँ प्रस्तुत गरेका थिए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोज शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरूको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *