आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालद्वारा ओमानलाई २८१ रनको लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले जितका लागि २ सय ८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अलअमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २ सय ८० रनको योगफल तयार पारेको हो।
नेपाली टोलीका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८१ बलमा २ छक्का र २ चौkaसहित सर्वाधिक ८० रनको योगदान दिए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ६२ बल खेल्दै ४ छक्का र ३ चौकाको मद्दतले ६९ रन बनाए भने देव खनालले ६५ बलमा १ छक्का र ४ चौकासहित ५७ रनको अर्धशतकीय पारी खेले। यसबाहेक इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन जोडेका थिए।
ओमानका बलरतर्फ शाह फैसलले किफायती बलिङ गर्दै ५ विकेट हात पारे। त्यसैगरी, जय ओदेद्राले ३ र समय श्रीवास्तवले २ विकेट लिएर नेपालको इनिङ्सलाई समेटेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment