एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
काठमाडौं। एक्स्ट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै सातवटै टोलीको लोगो अंकित विशेष क्यान सार्वजनिक गरेको छ।
कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ।
एनपीएलका काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किंस, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको एक्स्ट्रीमले पोखरा एभेन्जर्ससँग जर्सीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विशेष क्यान उपभोक्ताले नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment