कंगनालाई वकिलले सार्वजनिक रुपमा बलात्कारको धम्की दिए
मुम्बइ। बलिउड अभिनेत्री कंगना रनोटलाई एक वकिलले सार्वजनिक रुपमा बलात्कारको धम्की दिएका छन् । ओडिशाका मेहंदी रजा नामका वकिलले कंगनाले गरेको एक पोस्टमा कमेन्ट गर्दै बलात्कारको धम्की दिएका हुन् । उनले लेखेका छन् ‘बीच सडकमा बलात्कार गरिनुपर्छ ।’ उनको यो कमेन्टसँगै सामाजिक संजाल उनीप्रति आक्रोशित भएपछि उनले फेसबुकमा सफाइ दिएका छन् । उनले सफाइ दिँदै आफ्नो फेसबुक आइडी ह्याक भएको बताएका छन् ।
रजाले माफी माग्दै लेखेका छन् ‘आज मेरो फेसबुक आइडी ह्याक भएको थियो जसबाट केही अपमानजनक पोस्ट गरिए । कुनै पनि महिला वा समुदायबारे मेरो यस्तो दृष्टिकोण छैन । म आफैं अचम्ममा छु र यसको लागि माफी माग्छु ।’ शनिबार मुम्बइको बान्द्रा अदालतले कंगनाविरुद्ध धर्मको नाममा घृणा फैलाएको धाराअनुसार उजुरी दर्ता गर्न आदेश दिएको थियो । यसैमाथि प्रतिक्रिया दिँदै कंगनाले गरेको पोस्टमा रजाको कमेन्ट आएको थियो ।







डिसी नेपाल








Facebook Comment