दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशको घरमा छापा मार्दा ड्रग्स भेटियो
मुम्बइ। बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार छापा मारेर ड्रग्स बरामद गरेको छ । यससँगै ब्यूरोले करिश्मालाई फेरि सोधपुछको लागि बोलाएको छ । यसअघि पनि २ पटक करिश्मासँग सोधपुछ भइसकेको छ । एक पटकको सोधपुछमा करिश्मासँग दीपिकालाई पनि राखिएको थियो । जानकारीका अनुसार छापा मार्दा करिश्मा घरमा थिइनन् ।
एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेने एक भारतीइ अखबारसँग कुरा गर्दै बिहीबार बिहान करिश्मालाई सोधपुछका लागि एनसीबीओ कार्यालयमा उपस्थित हुन नोटिस जारी गरिएको छ । केही दिन पहिले दीपिका र करिश्माबीच ड्रग्सका विषयमा च्याटमा कुरा भएको पाइएको थियो । यसअघिको सोधपुछमा दीपिकाले च्याटमा चुरोटको बारेमा कुरा भएको दावी गरेकी थिइन् तर अब ड्रग्स नै भेटिएपछि भने उनी थप समस्यामा पर्न सक्छिन् ।







डिसी नेपाल








Facebook Comment