संसारकै दुई धनीको बीचमा फस्यो फ्यूचर ग्रुप

नयाँ दिल्ली (बीबीसी)। भारतका सबैभन्दा धनी व्यक्ति र संसारकै धनी व्यक्ति सिधा सिधा प्रतिष्पर्धामा हुँदा भारतका रिटेल किंग किशोर बियानी र उनको बिग बजार बीचमा फसेको छ।

बिग बजार किन भने त्यो उनको सबैभन्दा चर्चित ब्रान्ड। तर। उनको व्यापार त्यो भन्दा ठूलो छ र दाउमा जे लागेको छ, त्यो त्यसभन्दा पनि कैयौं ठूलो छ।

संसारका सबैभन्दा धनी व्यक्ति अमेजनका जेफ बेजोस हुन्। यो पटक उनको जोसँग प्रतिष्पर्धा भइरहेको छ, उनी हुन् रिलायन्सका मुकेश अम्बानी, भारतका सबैभन्दा धनी र संसारमा चौथो धनी। दुबैबीच टकरावको कारण बनेका छन् किशोर बियानी र उनको फ्यूचर ग्रुप।

गएको आइतबार अमेजनले सिंगापरको अन्तर्राष्ट्रिय पञ्चाट सिंगापुर इन्टरनेशनल आर्बिट्रेशन सेन्टरबाट एक अन्तरिम आदेश गराएको छ। जसअनसार फ्यूचर ग्रुपले आफ्नो कारोबार रिलायन्स ग्रुपसँग गर्न सक्दैन। यस्तो किन भन्ने बुझ्न पहिला व्यापार बुझ्नु पर्छ ।

बियानीको फ्यूचर ग्रुपले आफ्नो सबै रिटेल र होलसेल कारोबारलाई रिलायन्स ग्रुपको कम्पनी रिलायन्स रिटेल भेन्चर्स लिमिटेडलाई बेच्ने विषयमा सम्झौता गरिसकेको छ। अगस्टमा दुबै कम्पनीले यसको घोषणा गरेका थिए। यसका लागि रिलायन्सले करिब २४, ७०० करोड भारु लगानी गर्ने बताइएको थियो।
त्यो बेला प्रश्न के उठेको थियो भने खासमा किशोर बियानीले यस्तो व्यापार किन गरे जसमा उनको सबैभन्दा प्रिय ब्राण्ड बिग बजारमात्रनभएर पूरा रिटेल र होलसेल कारोबार बिक्री भएर पनि कम्पनी वा प्रमोटरको सबै ऋण तिर्न सकिने अवस्था छैन।

यो कुरा बुझ्न पनि समस्या थिएन। कम्पनीले पछिल्ला केही वर्षहरुमा नयाँ व्यवसाय स्थापना गर्न निकै लगानी गरेको थियो र यसका लागि प्रमोटर बियानी परिवारले आफ्ना शेयर पनि धरौटीमा राखेका थिए। उनलाई विश्वास थियो, व्यवसाय फस्टाउने छ र आर्जन बढेपछि सबै ऋण तिरेर शेयर धरौटीबाट निकाल्ने छन्।

किशोर बियानी धेरै समयदेखि संसारका कुनै ठूलो रिटेलरसँग सम्बन्ध बनाउने प्रयासमा थिए। वालमार्टसँग पनि उनको कुराकानी भएको थिये। र संसारका अन्य दिग्गजसँग पनि कुराकानी भयो। फ्रान्सको कारफुअरसँग सम्झौता भएको कुरा त १० वर्ष पहिला नै चर्चामा आएको थियो।

सापेक्षमा भन्न सकिन्छ, संसारका ठूला रिटेलर्सको नजर फ्यूचर ग्रुपमाथि थिष्यो। किनकी त्योबलासम्म त्यो भारतको सबैभन्दा ठूलो रिटेल कम्पनी थियो। फ्यूचर ग्रुपले पनि आगामी दिनहरुमा टाटा, बिडला र रिलायन्स जस्ता कम्पनीसँग प्रतिष्पर्धा गर्न कुनै ठूलो साझेदारको आवश्यकता पर्ने सोचेको थियो। रोकावटमात्र एक थियो। भारतको विदेशी लगानी नीति। वास्तवमा रिटेल व्यापारमा विदेशी लगानीबारे सबै सरकारले सोचेरमात्र निर्णय लिने गर्छन्।

कुनै पनि विदेशी लगानीकर्ता त्यो बेलासम भारतीय कम्पनीमा लगानी गर्न डराउँछन् जबसम्म उनीहरुको हैसियत कम्पनीमाथि नियन्त्रण गर्ने र दबाब बनाउन सक्ने सहभागिता हुँदैन।

रिटेल व्यापारको नियम यसलाई निकै अप्ठ्यारो बनाउँथे। तर केही शर्तसहित हाल सिंगल ब्राण्ड रिटेलमा शतप्रतिशत र मल्टी ब्राण्डमा ५१ प्रतिशत सहभागिता विदेशी कम्पनीले लिन सक्छन्। तर, यसको बाटो भने सजिलो छैन।

धेरै कम्पनीहरु यी शर्तहरुसँग सहमत हुँदैनन्। र अर्को रोकावट अनलाइन रिटेलर अथवा इ कर्मस कम्पनीहरुक लागि नियम निकै फरक छन्। केही छुट पाए पनि कुनै पनि इए कमर्स कम्पनीले भारतमा कुनै रिटेल कम्पनीमा १० प्रतिशतभन्दा माथिको शेयर लिन सक्दैनन् र शर्त के छ भने यी दुई कम्पनीका अनलाइन कारोबार र अफलाइन कारोबार अथवा दोकान, स्टोर, गोदाम जस्ता कुरामा आपसमा कुनै सम्बन्ध हुनु हुँदैन।

यी नियम निकै अनौठा छन्, किनकी एकतर्फ अमेजन आफै भारतमा मजासँग व्यापार गरिरहेको छ, अर्कोतर्फ भारतमै शुरु भएको फ्लिपकार्ट हाल वालमार्टको स्वामित्वमा गएको छ। तर अमेजनका लागि फ्यूचर ग्रुप वा अन्य रिटेलरको शेयर किन्न सजिलो छैन।

शायद त्यसैले कैयौं रिटेलरले कानूनमा सुधार हुने अपेक्षाका साथ केही साझेदार खोजेर बसेका थिए। यस तयारीको कारण थियो, वर्ल्ड इकोनोमिक फोरमको अनुमान थियो २०३० सम्मभारत, अमेरिका र चीनपछि सबैभन्दा ठूलो रिटेल बजार हुने छ। यो वर्ष भारतकाके रिटेल कारोबारको आकार करिब ७० हजार करोड डलर छ र १० वर्षमा बढेर करिब १.३ लाख डलर पुग्ने अनुमान छ।

स्वभाविक हो संसारको सबैभन्दा ठूलो अनलाइनल रिटेलर अमेजन यो बजारको सबैभन्दा धेरै फाइदा उठाउन चाहन्छ। र भारतले यो क्षेत्रमा विदेशी लगानीका लागि सहज कानूनी वातावरण बनाउने आशा पनि थियो।

शायद यही अपेक्षाका साथ अमेजनले फ्यूचर ग्रुपसँग एक सम्झौता गरेको थियो।, अथवा गत वर्षको अगस्टमा अमेजनले फ्यूचर ग्रुपको कम्पनी फ्यूचर कूपन्स लिमिटेडको ४९ प्रतिशत शेयर किनको थियो। यो कम्पनीले गिफ्ट भौचर, पेमेन्ट एप जस्ता कारोबार गर्छ। अथवा तपाईँ बिग बजार वा सेन्ट्रलको गिफ्ट भौचर किनेर कसैलाई दिनुहुन्छ भने त्यो भौचर यसै कम्पनीबाट आउँछ। तर सबैभन्दा ठूलो कुरा यससँग फ्यूचर रिटेल लिमिटेडमा लगभग १० प्रतिशत शेयर थियो।

त्यसैले अमेजनले फ्यूचर रिटेलमा लगानी शुरु गरेको बुझ्यो र नियममा परिवर्तन आएपछि लगानी बढाउने तयारी गर्यो।

कोरोना महामारीले भयो समस्या

यहीबीचमा रिलायन्स रिटेलको दबदबा बजारमा बढिरहेको थियो र आईपीओपछि डीमार्ट पनि नयाँ जोशका साथ कारोबार बढाइरहेको थियो। देशको अवस्थामा पनि सुधारिने अपेक्षा थियो र ऋण गरेर लगानी गर्नु कुनै जोखिम थिएन। र फ्यूचर ग्रुप बजारमा आफ्नो कब्जा यथावत राख्न चाहन्थ्यो। ऋणका लागि प्रमोटरले शेयर धरौटीमा राखे।

त्यो बेला फ्यूचर रिटेलको शेयर ३८० भारुमा चलिरहेको थियो। तर यो वर्ष फेब्रुअरीमा अचानक यसको शेयरमा तिब्ररुपमा गिरावट आयो र यो १०० भन्दा पनि तल झर्यो। मूल्य घटेपछि ऋण दिने बैंकहरुल्े मार्जिन र शेयर माग्छन्। अवस्था के आयो भने प्रमोटरका सबै शेयर केही समयपछि बैंकमा धितोका रुपमा गए। यो गिरावट अचानक किन आयो भन्ने कुनै तर्क छैन। कार्टेल वा कुनै ठूलो पार्टीले मूल्य घटाएर यसलाई बेच्न बाध्य बनाएको जस्ता प्रश्न छन्। त्यसको ठोस उत्तर छैन। ठिक यसै बेला कोरोनाको आक्रमण भयो। मार्चमा लगाइएको लकडाउन समस्याको पहाड बन्यो।

किशोर बियानीले एक अन्तर्वार्तामा लकडाउनका कारण सबै स्टोर बन्द भएको र कम्पनीले ७ हजार करोड रुपैयाँको नोक्सानी व्यहोरेको र त्यो सम्हाल्न नसकिने नोक्सानी भएको बताएका थिए। त्यसैले कम्पनी बेच्नु बाध्य भएको बताएका थिए ।

सिंगापुरको पञ्चाटमा पनि कम्पनीका वकीलले यदि यो खरिद सम्झौता नभए कम्पनी दिवालिया हुन सक्ने तर्क राखेका थिए।

अब प्रश्न उठ्छ अमेजनले यो विवादलाई सिंगापुर किन लग्यो र के अब खरिद सम्झौता रोकिन्छ ? यो विषयमा कुनै पनि पक्षले केही भनेको छैन।

मात्र औपचारिक बयानमात्र सार्वजनिक भएका छन्। आइतबार सिंगापुरबाट निर्देशन आएपछि सोही राती लियान्सले विज्ञप्ति जारी गर्दै यो खरिद सम्झौतालाई पूरा गर्न प्रतिवद्ध रहेको बताएको छ। यस्तै भनाई फ्यूचर ग्रुपबाट पनि आएको छ। (बीबीसी हिन्दीबाट अनुवाद)

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो