नेपालमा बिजुली बसको संभावना

डिसी नेपाल
१९ कार्तिक २०७७ २३:५८
56
Shares

काठमाडौँ । बिजुली बसको बजार हिस्सा अन्तराष्ट्रिय बजारमा सन् २०२७ सम्म ९३५ हजार अनुमानित गरिएको छ । दिन प्रतिदिन यस विषयमा चासो बढ्दै गईरहेको अवस्था छ र विश्वका धेरै जस्तो राष्ट्रहरुको यस प्रतिको चासो तथा प्रवद्र्धनले बिजुली बसको बजार विस्तार भईरहेको छ ।

बिजुली बस उत्पादनमा बीवाडी(चाइना),योंटुग, एबी भोल्भो, फोटोन आदि उत्पादक समुहले आन्तरिक तथा अन्तराष्ट्रिय बजारको मागहरु सम्बोधन गरिरहेको छ ।

वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित बस, कार, मोटरसाईकल, स्कुटर आदिको नेपाल तथा विश्वका अन्य मुलुकमा उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गईरहेको तथ्य पछिल्लो बजार तथ्याङ्कले पनि दर्शाएको छ ।

अत्याधुनिक सुविधा सहित उपलब्ध हुने बिजुली बसहरु अरु डिजेलबाट चल्ने बसहरु भन्दा झन्डै तिन गुणा महङ्गो पर्ने हुदाँ पनि यो बिजुली बस चलाउदा व्यवसायी हरुलाई लामो समयसम्ममा बढी नाफा हुने गर्दछ । बिजुली आपुर्ति सहज हुदाँ डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तराष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चिन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मुल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।

हाल नेपाली बजारमा निजी लगानी मार्फत केही बिजुली बसहरु सञ्चालनमा आएको अवस्था छ र आगामी दिनहरुमा नेपाल सरकारद्धारा यातायात क्षेत्रको प्रवद्र्धन तथा वातावरण मैत्री बिजुली गाडीहरु नेपालको विभिन्न स्थानहरु अध्ययन अवलोकन गर्दै त्यस्ता आवश्यक ठाउँहरुमा बिजुली बसहरु खरिद गरी यात्रुहरुको सेवामा प्रयोग गर्ने आफ्नो योजनाहरु नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयद्धारा अघि बढाईएको छ ।

बिजुली बस अन्तर्गत अन्तराष्ट्रिय जगतमा नै ख्याति कमाउदै फोटोन मोटरले राम्रो छाप छोड्दै आईरहेको छ । उत्पादन चिन लगायत विश्वका ११० भन्दा बढी राष्ट्रहरुबाट ै फोटोन मोटरले आफ्नो उत्पादन विक्रि तथा विस्तार गरिरहेको छ ।

बिजुली बसको सन्दर्भमा छिमेकी मुलुक भारत सँग सहकार्य गर्दै भारतको प्रसिद्ध बस कम्पनी पी एम आई सँग जोइन्ट भेन्चर मा भा.रु. ५०० करोडको लगानीमा म्यानुफ्यनक्चरिं प्लान्ट स्थापन गरेको हुदाँ नेपाली बजारमा उपभोक्ताहरुको माग अनुसार बिजुली गाडी भविष्यमा चिन तथा भारत बाट सजिलै आयात गर्न सकिने भएको छ ।

नेपालमा फोटोन गाडीको सप्लाई भारत तथा चिनबाट सजिलै हुने भएकोले नेपालमा फोटोन गाडीको भविष्य उज्जवल रहेको छ ।

वातावरण मैत्री एवम् अत्याधुनिक सुविधा सम्पन्न यी बसहरुको वार्षिक कर नेपालको सन्दर्भमा नलाग्ने हुदाँ र नविकरण शुल्क पनि थोरै हुनेछ ।

गाडी सञ्चालन पश्चात् यसको मर्मत खर्च समेत कम हुने भएकोले यसका प्रयोगकर्ताहरुले सजिलै लाभ उठाउन सक्नेछन् ।

नेपालको सन्दर्भमा नेपाल सरकार मातहतका जिम्मेवार संस्थाहरुले बिजुली गाडीको सहज सञ्चालनका निम्ती सरकारी तवरबाट लगानी भई नेपालका विभिन्न स्थानहरुमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरि बिजुली गाडी तर्फ उपभोक्ता, व्यवसायी तथा सर्वसाधारणहरुको आकर्षण बढाउन जरुरी देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.