जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको न्यायका लागि लड्छु : रवि लामिछाने

डिसी नेपाल
५ पुष २०८२ १७:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरेका छन्।

शनिबार काठमाडौं आएलगतै काठमाडौंको बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूलाई हत्या गरिएको भन्दै सहीद परिवारको न्यायका लागि लड्ने बताए। सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ। उनले जेनजी र जेनजी सहिद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यवद्धता रहेको जिकिर गरे।

सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानीछानी हत्या हुँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *