संसद् अधिवेशन रोकेर औषधि ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

डिसी नेपाल
२४ कार्तिक २०७७ २३:३१
108
Shares

काठमाडौं। सरकारले औषधि ऐन २०३५ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले औषधि ऐन २०३५ संशोधन गर्न बनेको अध्यादेश २०७७ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

संसद अधिवेशन बोलाउन पूर्व सभामुखहरुले माग गरिरहेका बेला सरकारले भने अधिवेशन नबोलाउने सन्देश दिँदै अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको हो। सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि गत असारमा सरकारले अकस्मात अधिवेशन अन्त्य गरेको थियो।

देशमा कोरोना भाईस महामारी तिब्ररुपमा फैलिरहेका बेला सरकारले अध्यादेशमार्फत औषधि ऐन संशोधन गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे सो अध्यादेश कार्यान्वयनमा आउने छ।

संसद अधिवेशन नचलेको समय सरकारले कानून बनाउन राष्ट्रपति समक्ष अध्यादेश जारिका लागि सिफारिस गर्न सक्ने संवैधानिक व्यवस्था छ।

औषधिको आपूर्ति, खरिद तथा वितरणमा यो ऐनको उपयोग हुन्छ। सरकारले अध्यादेशमार्फत के व्यवस्था गर्न लागेको हो त्यो भने खुलेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.