नवलपरासीको गैंडाकोटमा आफ्नै कोठाभित्र युवती मृत फेला

डिसी नेपाल
१३ फागुन २०८२ ११:४६
1.9k
Shares

काठमाडौं। नवलपरासीको गैँडाकोट नगरपालिका-२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन्।

गुल्मी मुसिकोट गाउँपालिका-९ घर भई गैँडाकोट-२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी प्रहरीले जनाएको छ।

युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो। स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरीले जनाएको छ।

मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन्। उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा आएकी थिइन्।

घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *