कतारमा रहेका नेपालीका परिवारलाई सहयोग गरिने, सम्पर्कमा आउन आह्वान

डिसी नेपाल
६ मंसिर २०७७ १३:३४
368
Shares

काठमाडौं । कोरोना महामारीका कारण कतारमा समस्यामा परेका नेपाली समुदायका परिवारलाई सहयाेग गरिने भएकाे छ । कतार च्यारेटीले खाद्यान्न (फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले डिसी नेपाललाई बताए।

सहयोग प्राप्त गर्न पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्या संख्या र कतार आईडिको प्रतिलिपी एनआरएनएको इमेल ([email protected]) मा पठाउन अध्यक्ष मुक्तादाले अनुरोध गरेका छन्।

कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित आप्रवासी श्रमिकहरुलाई यसअघि पनि सहयोग उपलब्ध गराइएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.