‘कोभिड केही होइन भन्ने साथीहरुले भ्रम छरिरहनु भएको छ, यो त खतरा रहेछ’

डिसी नेपाल
७ मंसिर २०७७ ७:४१
468
Shares

प्राय कोरोनाको परीक्षण गरिरहेको थिएँ। संसदका समितिहरुका बैठकमा पनि केही साथीहरुलाई कोरोना भायो। हामी वैज्ञानिक बन व्यवस्थापनको अनुगमनमा आउँदा पनि केही साथीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो। सबै ठाउँबाट कन्ट्रयाक्ट टे«सिङमा परे पनि नेगेटिभ नै आइरहेको थिएँ।

दशैं बेला घरमा अलिकति भिडभाड भएको थियो। त्यसपछि नै मलाइ ज्वरो आउन थाल्यो। टाउको दुख्न थाल्यो। गन्ध र स्वाद थाहा नहुने भयो। जिउ पनि सोचेभन्दा बढिनै दुख्न थाल्यो। यस्तो भएपछि त पक्का पनि कोरोना होला झैं लाग्यो। मैले परीक्षण गराएँ। अन्ततः धेरै ठाउँबाट जोगिँदै जोगिँदै आएको मान्छे म कोरोनाको चपेटामा परेँ।

कोरोनाको रिपोर्ट पोजेटिभ आयो भन्ने वित्तिकै मानसिक विचलन हुने रहेछ। मनमा एक प्रकारको डर पैदा हुने रहेछ। त्यो डरले नै प्रायलाई धेरै असर गर्दो रहेछ भन्ने मैले अनुभूति गरेँ। त्यसपछि अत्याधिक जिउ दुख्ने, खाने कुरा जे खाए पनि स्वाद थाहा नहुने, जस्तो सुकै गन्ध आउने चिज नाकमा राखेपनि गन्ध नआउने र ७ दिनसम्म स्वास प्रस्वासमा साह्रै समस्या भयो। यो पीडाले कोरोना त खतरा रहेछ भन्ने बनायो।

म त सुगरको विरामी पनि हुँ। सुगरको विरामीलाई कोरोनाले बढी नै सताउँछ भनेर बाहिर डर पनि देखाएको हुँदा पनि म आत्तिन्थे। मलाइ वडाअध्यक्षले अक्सिजन नाप्ने मेसिन घरमै ल्याइदिनु भएको थियो। दिनहुँ अक्सिजनको मापन गरिरहेँ। मलाइ ९० भन्दा तल अक्सिजन कहिलै गएन।

कोभिड केहीपनि हैन भन्ने साथीहरुले साह्रै ठूलो भ्रम छरिरहनु भएको छ भन्ने लाग्यो। मास्क र सेनिटाइजरको बिक्री वितरणको लागि कोभिडको बारेमा फैलाएको भ्रम भन्ने पनि गलत लाग्यो। जबसम्म कोभिड आफूलाई हुँदैन तबसम्म कोभिड के हो भन्ने नै थाहा हुँदैन। मैले अनुभव गरेको कुरा कोरोनालाई सामान्यरुपमा नलिउँ। यसलाई सामान्य हो भन्ने तरिकाको भ्रम पनि नपालौं।

त्यो तल जाने वित्तिकै अस्पताल जानुपर्छ भन्ने डाक्टरहरुको सल्लाह थियो। घरमै सुगरको मापन गर्ने यन्त्र, प्रेसर नाप्ने मेसिनलगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु घरमै थियो। होम आइसोलेसनमा बसे पनि आफूले आफैलाई धेरै कुरामा ‘अपटुडेट’ राखिरहेँ, र नियमित डाक्टरहरुको सम्पर्कमा पनि थिएँ।

रातिको समयमा स्वास प्रश्वासमा समस्या आउँथ्यो। आफ्नो घरको बरण्डामा बसेर लामो लामो श्वास लिने काम गर्थेँ। झण्डै ६÷७ दिनसम्म त मलाइ श्वास फेर्न निकै कठिन भयो। लक्षण देखिएपछि चेकजाँच गरेको थिएँ। तर, पोजेटिभ भयो भन्ने थाह पाएपछि मलाइ स्वास प्रस्वासमा धेरै समस्या भएको अनुभूति हुन थाल्यो।

यसले मानसिक रुपमा पनि मान्छेलाई कमजोर बनाउने रहेछ भन्ने त्यो बेलामा पनि अनुभूति गरेँ। सबै जना सुतेका हुन्थे मलाइ स्वास प्रस्वासमा समस्या हुन्थ्यो। अरुलाई के उठाउनु आफैं यो रोगसँग लड्नु पर्छ भन्ने आत्मबल बनाईँ राखेँ। म आफै बाहिर निस्केर लामो लामो श्वास लिन्थे।

कोभिड केहीपनि हैन भन्ने साथीहरुले साह्रै ठूलो भ्रम छरिरहनु भएको छ भन्ने लाग्यो। मास्क र सेनिटाइजरको बिक्री वितरणको लागि कोभिडको बारेमा फैलाएको भ्रम भन्ने पनि गलत लाग्यो।

जबसम्म कोभिड आफूलाई हुँदैन तबसम्म कोभिड के हो भन्ने नै थाहा हुँदैन। मैले अनुभव गरेको कुरा कोरोनालाई सामान्यरुपमा नलिउँ। यसलाई सामान्य हो भन्ने तरिकाको भ्रम पनि नपालौं। म पुनः पनि दोहो-याउँदै छु। कोरोना भनेको खतरा रहेछ।

कोरोना लागेको मान्छेलाई हामीले राम्रो व्यवहार गरिदिनु पर्छ भन्ने लाग्यो। मलाइ भेटन आउने साथीहरुलाई मैले भेट दिएको थिएँ। मेरो काठको घर छ। माथिल्लो तलाको बरण्डामा आफू बसेर तल साथीहरुलाई बस्ने वातावरण मिलाएको थिएँ।

यसरी भौतिक दुरी कायम गरेर सामाजिक सदभाव कायम राख्न सकियो भने कोरोनाका विरामीलाई पनि हौसला मिल्छ र कोरोना लाग्नबाट पनि धेरै मात्रामा कम हुन्छ भन्ने मेरो बुझाइ हो। समाजमा फोनमा बोल्दा पनि कोरोना सर्छ जस्तो व्यवहार मान्छेले गर्छन्। टाढैबाट पनि यो घरमा कोरोना संक्रमित भएका मान्छे छन झैं गरी हिड्ने गरेको पाइएको छ।

यस्ता अविस्वासहरुलाई हटाउनु पर्छ। हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले तयार गरेकोे स्वास्थ्य प्राटोकल अनुसार भौतिक दुरी कायम राखेर, मास्क र सेनिटाइजरको उचित प्रयोग गरेको खण्डमा कोरोना संक्रमण हुँदैन। हामी आफू आत्मसंम्यमित भएर संक्रमितहरुको पनि हौसला बढाउन सकेको खण्डमा कोरोनामाथिको विजय चाँडै प्राप्त गर्न सक्छौं।

विशेष गरी खानेकुरामा तातो पदार्थ नै धेरै रहेछ। मैले पनि तातोपानी, झोलिलो खानेकुरा, हाम्रो भान्सामा भएको एन्टिबायोटिकहरु जस्तै बेसार, जुवानो, अदुवा जस्ता खानेकुराहरुलाई उमालेर तातो झोल गराएर खाने गर्नाले पनि कोरोनाको असर कम हुँदै जाने रहेछ। तर, कोरोना एकपटक भएपछि त्यसले हाम्रो स्वास्थ्यमा असर पनि गर्ने रहेछ।

हामी शारिरिक हिसाबमा एकदमै कमजोर हुने रहेछौं, त्यसैले कोरोनालाई खेलाँची नसम्झेर अझै पनि समय रहदै यसबाट सतर्क रहन सिक्नु पर्छ र उचित हुन्छ।

सांसद खतिवडासँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.