नारायणगोपालको ३०औँ स्मृति दिवस मनाइयो

डिसी नेपाल
१९ मंसिर २०७७ २२:१८
24
Shares

काठमाडौँ । स्वरसम्राट नारायणगोपालको ३०औँ स्मृति दिवस मनाइएको छ । नारायणगोपालको ३०औँ स्मृति दिवसका अवसरमा आज अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वरसम्राट् नारायणगोपालले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

उनले नारायणगोपालको योगदान युगौँसम्म रहने बताए। राज्यमन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा राज्यमन्त्री मानन्धर, सङ्गीतकार भूपेन्द्र रायमाझीलगायतले नारायणगोपालका कालजयी गीत गाएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.