भ्याक्सिन लगाइसकेका स्वास्थ्य मन्त्रीलाई नै कोरोना संक्रमण !
काठमाडौं। कोरोनाभाइरस विरुद्ध विकास गरिएको भ्याक्सिनको क्लिनिकल ट्रायलको क्रममा भ्याक्सिन लगाएका स्वास्थ्य मन्त्री नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतको हरियाणा राज्यका स्वास्थ्य मन्त्री अनिल विज संक्रमित भएका हुन् । उनले स्वयं ट्वीट गर्दै आफू संक्रमित भएको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि परीक्षण गराउन सल्लाह दिएका छन् ।
I have been tested Corona positive. I am admitted in Civil Hospital Ambala Cantt. All those who have come in close contact to me are advised to get themselves tested for corona.
— ANIL VIJ MINISTER HARYANA (@anilvijminister) December 5, 2020
स्वास्थ्यमन्त्री विजले केही समयअघि भारत बायोटेकले विकास गरेको ‘कोभ्याक्सिन’ नामको भ्याक्सिनको क्लिनिकल ट्रायलमा स्वयंसेवकको रुपमा खोप लगाएका थिए । उनको कार्यालयले भारतीय मिडियालाई दिएको जानकारी अनुसार उनले भ्याक्सिनको पहिलो डोज लिइसकेका छन् । दोस्रो डोज १८ डिसेम्बरमा दिइने तय थियो । यो कोभ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल हो । तेस्रो चरणको क्लिनिकल ट्रायलको लागि उनी आफैंले आफ्नो नाम स्वयंसेवकको सूचीमा लेखाएका थिए ।

अनिल विज पहिलेदेखि नै विभिन्न किसिमका स्वास्थ्य समस्याबाट ग्रसित छन् । हालै उनको शल्यक्रिया पनि भएको थियो । भ्याक्सिनको ट्रायलको क्रममा उनलाई खोप दिनुअघि विभिन्न किसिमका परीक्षण पनि गरिएका थिए । कोभ्याक्सिनको तेस्रो चरणको ट्रायल २६ हजार स्वयंसेवकमा गरिँदैछ । इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चको साझेदारीमा यो ट्रायल भइरहेको छ । यो भ्याक्सिनको क्लिनिकल ट्रायलको क्रममा सहभागी स्वयंसेवकलाई पहिलो डोज दिएको २८ दिनपछि दोस्रो डोज दिइन्छ ।







डिसी नेपाल








Facebook Comment