अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेद्वारा ज्ञापनपत्र
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्लाका प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ।
एमालेले पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए।
काठमाडौं, ललितपुर र भक्तपुरमा एमाले जिल्ला कमिटीले आ–आफ्नो जिल्ला प्रशासन कार्यालयबाट एमाले अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment