कृष्ण, मदन र सहदेवलाई हरितारा पुरस्कार
काठमाडौं। चलचित्र क्षेत्रमा लामो समयदेखि विभिन्न चलचित्रकर्मीहरूलाई पुरस्कृत तथा सम्मानित गर्दै आएको हरितारा चलचित्र पुरस्कार समितिले २०७५ सालको हरितार चलचित्र पुरस्कार चलचित्रकर्मी कृष्ण मल्ल र नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।
पुरस्कारका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा वुधबार बसेको बैठकले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने निर्णय गरेको छ।
वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष खडा गरी पुरस्कारको स्थापना गरेकी हुन्।
चार दशक अघिदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय तथा नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटकका क्षेत्रमा विशेष योगदान पुर्याएका अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदास श्रेष्ठलाई पुरस्कार प्रदान गर्न लागिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।
यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार चार दशक भन्दा बढी समयदेखि गीत रचनाका माध्यमबाट नेपाली कला संस्कृति एवं गीत संगीतका क्षेत्रमा योगदान पु-याएका गीतकार सहदेव ढुंगानालाई प्रदान गर्न लागिएको हो।
पुरस्कारको थैली जनही २५/२५ हजार रुपैयाँको रहेको छ ।
यसैगरी विहिबार बसेकोे परिवर्तन नेपालको बैठकले वि.सं २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही १०/१० हजारको रहेको छ। परिवर्तन नेपालको बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे र निर्देशक÷अभिनेता, संचारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।
यस अघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रवीन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई प्रदान गरिसकिएको छ ।
डब्लु एच ओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुसको दोस्रो साता दुवै पुरस्कार तथा सम्मान प्रदान गरिने हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्वारा पे्रषित विज्ञप्तिमा उल्लेख छ ।







डिसी नेपाल








Facebook Comment