के कोरोना संक्रमण दोहोरिन्छ ?
काठमाडौं। विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएको लभगक एक वर्ष पुगेको छ। यो एक वर्षमा कोरोनाले विश्वलाई नै आफ्नो कब्जामा लिँदा नेपालमा पनि संक्रमितको संख्या तीनलाखको नजिक पुगेको छ भने मृतकको संख्या १६ सय नाघेको छ।
तर, यो बीचमा संक्रमित भइसकेका व्यक्ति फेरि संक्रमित हुन्छन् कि हुँदैनन् भन्ने विषय शंकाको घेरामा परेको छ। विश्व स्वास्थय संगठनले संक्रमित भएको ८८ दिनसम्म संक्रमण नदोहोरिने बताएको छ भने दोहोरिने सम्भावना नरहेको जनाएको छ।
अर्थात विश्व स्वास्थ्य संगठनले पनि हालसम्म दोहोरिने वा नदोहोरिने ठोकुवा गर्न सकेको छैन। यहीबीचमा हालै एक दोहोरिएको केस आएको छ। लुम्बिनी प्रदेशको बाँकेका एकजनामा संक्रमण दोहोरिएको छ। उनी पहिलो पटक असार अन्तिममा संक्रमित भएका थिए भने हाल फेरि संक्रमित भएका छन्।
पहिलो पटक संक्रमित हुँदा कुनै लक्षण नभएका उनका यो पटक भने केही सामान्य लक्षण देखिएका छन्। उनले पहिला १४ दिनसम्म आइसोलेशन सेन्टरमा बसेर कोरोना जितेका थिए। यो पटक संक्रमित भएर उपचार गराइरहेका छन्। प्रयोगशालाको रिपोर्टले उनलाई संक्रमण दोहोरिएको पुष्टि गर्छ।
तर, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. अनुप बास्तोला भने यसलाई दोहोरिएको भन्न अस्वीकार गर्छन्। उनले डिसी नेपालसँग भने, ‘कोभिडा १९ दोहोरिएको केस विश्वभर पाइएको छैन। करोड संक्रमित हुँदा हजारमा पनि दोहोरिएको संख्या छैन। त्यसैले बाँकेको केसलाई दोहोरिएको यसै भन्न सकिँदैन।’
उनले बरु पहिलो पटक ती व्यक्ति संक्रमित हुँदाको रिपोर्टमाथि शंका व्यक्त गरे। उनले भने, ‘मैले यहाँ (राष्ट्रिय प्रयोगशाला)मा कति पोजेटिभको फेरि टेष्ट गर्दा नेगेटिभ फेला पारेको छु। त्यो केस पनि त्यस्तै हुन सक्छ। जीन अध्ययन नगरी कोभिड १९ दोहोरियो भन्न सकिँदैन।’







डिसी नेपाल








Facebook Comment