६८ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एक पक्राउ
झापा । ६८ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय बिशाल बिर्जालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित पाउपाथिभरा मन्दिर नजिक कलभर्टमा बुधबार राति ती वृद्धा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment