राप्रपा नेता तथा सांसद लिङ्देन अस्वस्थ

डिसी नेपाल
२५ मंसिर २०७७ २०:४२
420
Shares

काठमाडौं। राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन गम्भीर बिरामी परेका छन्। गृह जिल्ला झापामा रहेको लिङ्देनलाई अहिले उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको जनाइएको छ।

झापाको बीएण्डसी अस्पतालमा आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थयमा सुधार नभएपछि उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ल्याउन लागिएको जनाइएको छ।

राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा उनको शिर्घ स्वास्थ्यको कामना गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.