‘फेक’ समाचारका कारण तनाबमा रेखा थापा
काठमाडौं । नायिका रेखा थापा तनाबमा परेकी छन्। अनलाइनमा थापाले विवाह गर्न लागेको भन्ने फेक समाचार छापिएपछि उनी तनाबमा परेकी हुन्।
एउटा अनलाइनले छापेको समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि डिसी नेपालले थापालाई विवाह गर्न नै लाग्नु भएको हो र भनि प्रश्न गरेको थियो। उनले भनिन्, ‘नारीलाई बस्तुकरण गर्ने, उनीहरुको गरिमालाई होच्याउने र नामको दुरुपयोग गरिनु पनि एक प्रकारको हिंसा हो। बिहे गर्न लागेकी भन्ने समाचार झुटाे हाे।’
थापाले आधार हिन र फेक समाचारका कारण आफू उत्पीडनमा परहेको प्रतिक्रिया दिएकी छन्। उनले भनिन, ‘समाचारमा आएजस्तो मेरो केही सोच छैन। यस्तो आधारहिन र फेक समाचारले महिलालाई मानसिक रुपमा नै ह्यारेसमेन्ट भने हुन्छ। यो मानसिक ह्यारेसमेन्ट नै हो।’
यसरी आधारहीन समाचार राखेर व्यक्तिको चरित्रमा नै प्रश्न चिन्ह उठाउने सञ्चारमाध्यामलाई कारवाही गर्न समेत रेखाले माग गरेकी छन्। उनले भिजिटरकै लागि कसैको चरित्रसँग जोडिएको विषय उठाउनु, उसको अनुमतिबिना कुनै समाचार छाप्नु र हुँदै नभएको कुरालाई समाचार बनाउनुले मानसिक तनाब हुने गरेको बताइन्।
महिला हिंसाका विरुद्ध काम गर्ने थापा यस्ता फेक समाचारलाई पनि मानसिक हिंसाको संज्ञा दिन्छिन्। उनले भनिन्, ‘यसलाई हिंसा नै भन्नु पर्छ। महिलामाथि हुने हिंसाका प्रकारमध्ये एक यो पनि हो। म सामाजिक व्यक्तित्व हुँ भन्दैमा हुँदै नभएका विषयमा समाचार बनाएर तनाब दिनु पनि मानसिक हिंसा हो। यो विषयमा सम्बन्धित सबैलाई सोच्नका लागि आग्रह समेत गर्छु।’
थापा नेपाली चलचित्र क्षेत्रकी अब्बल नायिका हुन्। हिम्मतवाली, रामप्यारी, मालिका लगायतका महिला सचेतना, उप्रेरणा र महिला हिंसा विरूद्ध सशक्त आवाज बाेल्ने नेपाली चलचित्र थापाले नै निर्माण गरेकी हुन्। हालसम्म अविवाहित थापाको विवाहको बारेमा अनलाइनहरुले समाचार बनाएका छन्।







डिसी नेपाल








Facebook Comment