सहरी विकासमन्त्रीको २ महिने कार्यकाल, बालुवाटारकाे हेलिप्याडदेखि निर्माणाधिन भ्यूटावरसम्म

डिसी नेपाल
३० मंसिर २०७७ १७:४१
80
Shares

काठमाडौं । सहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले २ महिना कार्यकालको समीक्षा गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले २ महिना कार्यकालको समीक्षा गरेका हुन्।

२ महिनाको समयमा पनि मन्त्रालयले आशातित उपलब्धि हासिल गरेको दावी गर्दै उनले १८ वटा बुँदे उपलब्धी प्रस्तुत गरेका छन्। यस्तै मन्त्री श्रेष्ठले आगामी २ महिनामा गर्ने कामबारे जानकारी गराए।

उनले आफ्नो २ महिने छोटो कार्यकालमा प्रस्तुत गरेको १८ वटा बुँदामा बालुवाटारमा रहेको प्रधानमन्त्री कार्यालय परिसरमा निर्माण भएको हेलिप्याडदेखि, झापामा निर्माणाधिन भ्यूटावरसम्मको चर्चा गरिएको छ ।

उनले आगामी माघ महिनाभित्रमा ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.