ह्याप्पी बर्थडे सलमान खान : १९८८ मा साइल रोलबाट बलिउड प्रवेश गरेका सलमानको कहानी

डिसी नेपाल
१२ पुष २०७७ १२:२१
384
Shares

मुम्बई। बलिउडमा सल्लू, भाइजान र दबंगको नामले चर्चित अभिनेता सलमान खानको आइतबार जन्म दिन हो। इन्दौर मध्यप्रदेशमा जन्मिएका सलमान, अरबाज, सोहेल, अलवीरा र अर्पिताको दाजु हुन् सलमान। सलमानले बलिउडका कयौं फिल्ममा आफ्नो जादमय अभिनय गरेका छन्। आज हामी सलमानका विषयमा खास जानकारी दिँदैछौं।

सलमान बाल्यकालदेखि नै निकै चकचके थिए। कपिल शर्माको शोमा एक जना कलाकारले सलमानले बाल्यकालमा कागज जलाएर दिपावली मनाउनको साटो पैसाको बिटोमा आगो लगाइ दिएका थिए। उक्त पैसाको बिटो सलमानका बुवा सलीम खानको तलव थियो। ठूलो नोक्सान हुँदा पनि सलीमले सलमानलाई हकार्नुको साटो पैसाको मूल्यका बारेमा सम्झाएका थिए।

बलिउडका दबंग खान सलमान अभिनेता भन्दा पनि उनी निर्देशक बन्न चाहन्थे। यद्यपी उनको स्टाइलिस लुकका कारण उनलाई सधैं अभियन गर्न सुझाव आउन थाल्यो। सलमानले १९८८ मा रिलीज भएको फिल्म ‘बीबी हो ते ऐेसी’ मा सहयोगी भूमिका निर्वाह गरेर बलिउडका कदम राखेका थिए।

उक्त फिल्मपछि उनले सुरज बडजात्याको रोमान्टिक ड्रामा फिल्म मैंने प्यार कियामा अभियन गरे। उक्त फिल्ममार्फत सलमानको निकै राम्रो चर्चा हुन लाथ्यो। यो फिल्म १९८९ को सबै भन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो। उक्त फिल्ममा सलमानलाई बेस्ट डेब्यू एक्टरको नोमिनेशन पनि मिल्यो।

ब्लकबस्टर हिट फिल्म मैंने प्यार किया पछि सलमान लगातार बाघी, पत्थर के फूल, सनम बेवफा, कुरबान र साजन, हम साथ साथ हैं, प्यार किया तो डरना क्या, तेरे नाम, करण–अर्जुन, चोरी–चोरी चुपके–चुपके जस्ता कयौं सुपरहिट फिल्ममा काम गरे।

अभियनको दुनियाँमा रहँदा सलमान आफ्नो प्रेमका कारण पनि निकै चर्चामा रहे। फिल्ममा आउनुपूर्व सलमान र संगीता बिजलानी रिलेशनशिपमा थिए। दुवैबीचको सम्बन्ध करिव दश वर्षसम्म चल्यो। सलमान र संगीताको सगाइ पनि भइसकेको थियो।

यद्यपी १९९६ मा आपसी असमझदारीका कारण उनीहरुको विवाद भने हुन सकेन। त्यसपछि सलमानको कयौं अभिनेत्रीसँग नाम जोडियो।
सलमान १९९९ मा त्यति बेला चर्चामा आए जतिबेला उनी विरुद्ध कालो हरिणको शिकार गरेको मुद्दा दर्ता भयो।

फिल्म हम साथ साथ है को सुटिङका क्रममा सलमान विवादमा आएका थिए। यो विषयमा सलमानले केही पटक जेल पनि जानुपर्यो। त्यस बाहेक सलमान हिट एण्ड रन केसका कारण पनि निकै विवादमा रहे।

सलमान १९९९ को फिल्म हम दिल दे चुके सनममा देखिए जहाँ उनी ऐश्वर्या रायसँग निकै नजिक भए। सलमान ऐश्वर्या रायप्रति निकै सकारात्मक थिए। बेला बेलामा सलमान ऐश्वर्याका सेटमा पनि जाने गर्थे। लगातार आपसी अमझदारी भएपनि ऐश्वर्या सलमानसँग अलग भइन्।

पछि ऐश्वर्या विवेक ओबरोयसँग रिलेशनमा आइन्। पछि सलमान र विवेकबीच निकै विवाद पनि भयो, सलमानले बिवेकलाई फोन गरेर धम्की दिएको पनि सार्वजनिक भएको थियो।

राम्रो अभिनेताका साथै सलमान राम्रो पेन्टर पनि हुन्। आफ्नो खाली समयमा सलमान पेटिंङ गर्न मन पराउँछन्। सलमानका सबै पेटिंङ निकै महंगोमा बिक्री हुने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.