सलमानको राधेलाई २३० करोड
मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ २ सय ३० करोड रुपैयाँमा बिक्री भएको छ । यो वर्षको इदमा कोरोना भाइरसको महामारीकै कारण रिलिज हुन नसकेको यो चलचित्र प्रभुदेवाले निर्देशन गरेका छन्। चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।
चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा यो चलचित्रलाई जि स्टूडियोले उक्त महँगो रकममा खरिद गरेको हो । चलचित्रको भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा समावेश छ । कोरोनाको महामारी चलिरहेको समयमा जीले सलमानको यो चलचित्रका लागि महँगो रकम तिरेको छ ।
सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा निकै नै माग छ । यसैले जीले महँगो रकम तिर्दा लगानी उठ्नेमा विश्वास लिएको भारतीय मिडियाले उल्लेख गरेको छ । यो चलचित्रमा सलमानसँगै नायिका दिशा पटानीको मुख्य भूमिका छ ।







डिसी नेपाल








Facebook Comment