भारत र पाकिस्तानले किन एकअर्कालाई आ आफ्ना परमाणु संस्थानका सूची दिए ?

डिसी नेपाल
१८ पुष २०७७ १८:३७

नयाँ दिल्ली (एजेन्सी)। भारत र पाकिस्ताले आ आफ्ना परमाणु संस्थाको सूची एकअर्कालाई दिएका छन्। शुक्रबार दिल्लीस्थित पाकिस्तानी उच्च आयुक्तलाई भारतले आफ्नो परमाणु संस्थाको सूची उपलब्ध गरायो भने सोही समयमा इस्लामावादस्थित भारतीय उच्च आयुक्तलाई पाकिस्तानले पनि आफ्नो परमाणु संस्थानको सूची उपलब्ध गरायो।

भारत र पाकिस्तानबीच परमाणुबारे सूचना आदाप्रदान यस्तो बेला भएको छ, जति बेला दुई मुलुकबीच तावन बढेको छ। २०१९ मा भारत प्रशासित जम्मू कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणपछि दुई देशबीच तनाव बढेको थियो। भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि पाकिस्तान र भारतबीच झन तनाव बढेको छ।

परमाणुबारे सूचना आदानप्रदान १९८८ मा भारत र पाकिस्तानबीच भएको एक सन्धि अनुसार गरिएको हो। यो सन्धि १९९१ देखि लागू छ। पहिलो पटक १९९२ मा यसरी सूचना आदानप्रदान भएको थियो। त्यसयता लगातार ३० पटक सूचना आदानप्रदान गरिँदै आएको छ। यो सन्धि अनुसार दुबै देशले एकअर्काको परमाणु संस्थानमा आक्रमण गर्न पाउँदैनन्।

हाल भारत र पाकिस्तानबीच परमाणु बमको संख्या पछिल्लो दशकमा दोब्बरले बढेको छ। परमाणु बमबारे अध्ययन गर्ने स्वीडेनको एक एजेन्सीका अनुसार २००९ मा भारतसँग ५० देखि ६० र पाकिस्तानसँग पनि सोही संख्यामा परमाणु बम थिए। तर, अहिले भारतसँग १३० सम्म र पाकिस्तानसँग १६० सम्म परमाणु बम छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *