टी-२० विश्वकपः नेपाल र दक्षिण अफ्रिका बीचको खेल भोलि बिहान

डिसी नेपाल
३२ जेठ २०८१ १४:४६
3.3k
Shares

काठमाडौं। नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ।

समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५स् १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुँदै छ।

जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ। दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो।

त्यस्तै नेपालले भने पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो। नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल  सुपर आठमा पुग्न असफल हुने छ।

दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *