बलिउड सेलेब्सको लभ अफेयर : सलमानदेखि सुष्मितासम्म पाकिस्तानी कलाकारसँग रिलेशनमा

डिसी नेपाल
१९ पुष २०७७ ११:३४
748
Shares

मुम्बई। भारत र पाकिस्तानबीचको बिग्रँदो सम्बन्धका कारण अहिले बलिउडमा सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएको छ। तर यसअघि कयौं बडिउड कलाकार यस्ता छन्, पाकिस्तानसँगको बढ्दो सम्बधका कारण चर्चामा रहे।

सुष्मिता सेन–वसीम अकरम

मिस युनिभर्स र २० को दशककी चर्चित अभिनेत्री सुष्मिता सेन पाकिस्तान क्रिकेटर वसीम अकरमसँग रिलेशनमा थिइन्। यी दुईबीच एक रियालिटी शोका क्रममा भेट भएको थियो। जहाँ दुवै जजको भूमिकामा थिए। उनीहरुलाई कयौं पटक शुटिङ बाहेक अन्य ठाउँमा पनि भेटिएको थियो।

त्यतिबेला दुवैजनाको अफेयर्सको विषय चर्चामा थियो। उनीहरुबीच विवाह हुनेसम्मको चर्चा चलेको थियो। यद्यपी सुष्मिताले यो हल्लालाई अस्वीकार गरेकी थिइन्। उनले सामाजिक संजालमा लेखेकी थिइन्, ‘वसीम अकरम मेरा साथी हुन्। उनको जीवनमा एक सुन्दर महिला छन्। यस्तो कुकर्म निकै अपमानजनक हो।’

सलमान खान–सोमी अली

बलिउडको चर्चित अभिनेता सलमान खान १९९६ को आसपास पाकिस्तानी नायिका सोमी अलीसँग रिलेशनमा थिए। सोमीकै कारण सलमान र संगीता बिजलाजीबीचको विवाद हुन नसकेको हो भन्ने गरिन्छ। यी दुवैको विवाहको कार्ड पनि वितरण गरिएको थियो।

तर सलमान र सोमीबीच बढ्दो नजिकिपनका कारण संगीताले सलमानसँग विवाह गर्न अस्वीकार गरेकी थिइन्। रिलेशनमा आएपछि सोमी सलमानकी ठूली फ्यान थिइन्। सोमी सलमानसँग विवाद गर्न चाहन्थिन्। तर पछि सलमान पछि हटे।

अस्मित पटेल–वीना मलिक

पाकिस्तानी नायिका वीमा मलिक चर्चित रियालिटी शो बिग बोसको चौथो सिजनमा प्रतिश्पर्धीको रुपमा आएकी थिइन्। यो सिजनमा अमिषा पटेलका भाइ अस्मित पटेल पनि आएका थिए। दुवैको शोका क्रममा निकै घनिष्ट सम्बन्ध भयो। तर शो बाट बाहिरिएपछि दुवैबीच विवाद उत्पन्न भयो र सम्बन्ध बिग्रियो।

तमन्ना भाटिया–अब्दुल रज्जाक

साउथबाट बलिउडसम्म यात्रा गरेकी अभिनेत्री तमन्ना भाटिया पाकिस्तानीका अल–राउण्डर क्रिकेटर अब्दुल रज्जाकसँगको अफेयर्सका कारण निकै चर्चामा थिइन्। दुवैलाई दुवईमा एकै पटक ज्वेलरी शपमा सँगै देखिएको थियो। जसबाट अफेयर्सको चर्चालाई झन बल पुगेको थियो।

अमाृता अरोडा–उस्मान अफजल

अभिनेत्री अमृता अरोडा पाकिस्तानमा जन्मिएका इंग्लिश क्रिकेटर उम्मान अफजलसँग रिलेशनमा थिइन्। दुवैको रिलेशन चार वर्षसम्म चल्यो, पछि उनहरु अलग भए।

जीनत अमान–इमरान खान

७० को दशककी निकै सुन्दर अभिनेत्री जीनत अमान पाकिस्तानी क्रिकेटर र वर्तमान प्रधानमन्त्री इमरान खानसँग रिलेशनशिपमा थिइन्। दुवै केही वर्षसम्म सँगै बसे। यद्यपी उनीहरुबीच विवाह भने हुन सकेन।

रीना साय–मोहसिन खान

७० को दशकको चर्चित अभिनेत्री रीया राय र पूर्व पाकिस्तानी क्रिकेटर मोहसिन खान लामो समयसम्म रिलेशनमा थिए। १९८३ मा रीनाले आफ्नो करियरको पीक समयमा मोहसिन खानसँग विवाद गर्न बलिउडबाट विदा भएकी थिइन्। विवावको केही समयपछि रीना र मोहसिनबीच सम्बन्ध विच्छेद भयो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.