राष्ट्रपति र प्रधानमन्त्री ओलीविरुद्ध अमर्यादित नारा लागउनेहरुको खोजी गर्दै प्रहरी

डिसी नेपाल
१९ पुष २०७७ १५:५७
108
Shares

काठमाडौं। नेपाल प्रहरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित नारा लगाउनेहरुको खोजीमा जुटेको छ। संसद् विघटनको विरोधमा नेकपा (प्रचण्ड–माधव) समूहले १४ पुसमा राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध अमर्यादित नारा लागेको थियो।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले अमर्यादित नारा लगाउनेहरुको खोजी भइरहेको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘सरकारले अमार्यदित नारा लगाउनेलाई कारबाही गर्ने बताएको छ। गृहमन्त्री ज्यूलाई ज्ञापन पत्र पनि बुझाइएको छ। त्यसैका आधारमा प्रहरी अनुसन्धानमा जुटेको छ।’

विरोध प्रदर्शनमा अमर्यादित नारा लगाएको भन्दै प्रधानमन्त्री ओली निकट अखिल नेपाल महिला संघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्रसमेत बुझाएको थियो।

यसअघि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पनि अमर्यादित नारा लगाएको विषयमा सरकारको ध्यानाकर्ष भएको भन्दै कारबाही गरिने बताएका थिए।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले पनि दोषीमाथि कारबाही गरिने बताएका थिए। त्यसरी अमर्यादित नारा लगाउने दार्चुलाका पूर्व माओवादी नेता रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.