दुई ठाउँको मत गणना जारी, कहाँ कसको अग्रता?

डिसी नेपाल
२५ फागुन २०८२ १६:३३
2.8k
Shares

काठमाडौं । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको देशभरको मत परिणाम सार्वजनिक हुँदा अन्तिम चरणमा दुई स्थानको मत गणना भने जारी रहेको छ।

मत गणना जारी रहेका दुई स्थानमा एक ठाउँमा (राष्ट्रिय स्वतन्त्र पार्टी) रास्वपा र एक ठाउँमा नेकपा एमालेले अग्रता लिइरहेका छन्।

गोरखामा रास्वपा उम्मेदवार सुदन गुरुङ २८ हजार ९६५ मतका साथ लिड गरिरहेका छन्। उनलाई नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५ हजार २३० मतका साथ पछ्याइरहेका छन्।

यस्तै संखुवासभामा अर्जुनकुमार कार्की १२ हजार ७६२ मतका साथ अग्रतामा रहँदा उनलाई रास्वपाका मिङमा शेर्पा ११ हजार ४३० मतका साथ प्रतिस्पर्धामा छन्।

हालसम्म रास्वपा १२४, कांग्रेसले १८, एमाले ९, नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राप्रपा एक र स्वतन्त्र एक स्थानमा विजयी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *