विश्वकी सबैभन्दा शक्तिशाली बालिका : सात वर्षको उमेरमा उठाउँछिन् ८० किलो वजन

डिसी नेपाल
२० पुष २०७७ ७:३०
100
Shares

काठमाडौं। क्यानडाकी रोरी व्यानको उमेर मात्र सात वर्षको भयो। उनी हेर्दा सामान्य बालिका जस्तै देखिन्छिन्। उनको खाना पान पनि सामान्य छ। तर कडा मेहनत र तालिमबाट उनले आफूलाई विश्वकी सबैभन्दा बलियो बालिकामा परिवर्तन गरेकी छन्। हालै उनी वेटलिफ्टिङको यूएयस अन्डर–११ र अन्डर–१३ युथ नेशनल च्याम्पियन बनिन्।

रोरीसँग अन्तर्राष्ट्रिय संचारमाध्यमले गरेको कुराकानीको सम्पादित अंश

म पाँच वर्षको उमेदरदेखि वेटलिफ्टिङ गर्दै आएकी छु। मैले बुवासँग जब म कुनै वजन उठाउन थाल्छु तब मैले उठाएको वजनमाथि अरु वजन थप्न आग्रह गर्छु। मैले दैनिक आफ्नो क्षमता बढाउने कोशिश गरेँ। २०–२० ग्राम वजन दैनिक बढाउँदै लगेँ। ६ वर्षको हुँदा नै मेरो शरीरको वजन तीन गुनाले बढ्न थाल्यो।

पिज्जा मेरो सबैभन्दा मनपर्ने खानेकुरा हो। म चलकेट पनि निकै खान्छु। मलाई के खाँदा प्रोटिन प्राप्त हुन्छ भन्ने कुराको ध्यान राख्छु। किनभने म निकै तीव्र रुपमा बढिरहेकी छु। मलाई डाइटमा कुनै प्रकारको कन्ट्रोल आवश्यक पर्दैन। म हप्तामा ४ घण्टा वेटलिफ्टिङ, ९ घण्टा जिम्नास्टिकको अभ्यास गर्छु।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.