विश्वकी सबैभन्दा शक्तिशाली बालिका : सात वर्षको उमेरमा उठाउँछिन् ८० किलो वजन
काठमाडौं। क्यानडाकी रोरी व्यानको उमेर मात्र सात वर्षको भयो। उनी हेर्दा सामान्य बालिका जस्तै देखिन्छिन्। उनको खाना पान पनि सामान्य छ। तर कडा मेहनत र तालिमबाट उनले आफूलाई विश्वकी सबैभन्दा बलियो बालिकामा परिवर्तन गरेकी छन्। हालै उनी वेटलिफ्टिङको यूएयस अन्डर–११ र अन्डर–१३ युथ नेशनल च्याम्पियन बनिन्।
रोरीसँग अन्तर्राष्ट्रिय संचारमाध्यमले गरेको कुराकानीको सम्पादित अंश
म पाँच वर्षको उमेदरदेखि वेटलिफ्टिङ गर्दै आएकी छु। मैले बुवासँग जब म कुनै वजन उठाउन थाल्छु तब मैले उठाएको वजनमाथि अरु वजन थप्न आग्रह गर्छु। मैले दैनिक आफ्नो क्षमता बढाउने कोशिश गरेँ। २०–२० ग्राम वजन दैनिक बढाउँदै लगेँ। ६ वर्षको हुँदा नै मेरो शरीरको वजन तीन गुनाले बढ्न थाल्यो।
पिज्जा मेरो सबैभन्दा मनपर्ने खानेकुरा हो। म चलकेट पनि निकै खान्छु। मलाई के खाँदा प्रोटिन प्राप्त हुन्छ भन्ने कुराको ध्यान राख्छु। किनभने म निकै तीव्र रुपमा बढिरहेकी छु। मलाई डाइटमा कुनै प्रकारको कन्ट्रोल आवश्यक पर्दैन। म हप्तामा ४ घण्टा वेटलिफ्टिङ, ९ घण्टा जिम्नास्टिकको अभ्यास गर्छु।
No ads found for this position

डिसी नेपाल
Facebook Comment