प्रदेश १ मा १०३ सङ्क्रमित निको
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा १०३ जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरु सबै होम आइसोलेशनका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २८ हजार ८४२ पुगेको छ ।
प्रदेशमा सोही अवधिमा गरिएको ३८२ जनाको पिसिआर परीक्षणमा आठ महिला र २० पुरुष गरी २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप हुनेमा मोरङमा आठमध्ये विराटनगरमा पाँच, सुनसरीमा आठ, झापामा पाँच, सङ्खुवासभामा दुई, धनकुटा, उदयपुर र पाँचथरमा एक/एक र प्रदेश बाहिरका दुईजना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ९१३ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख १० हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment